श्रीमतीको दाहसंस्कार गरेर फर्किने क्रममा भएको दुर्घटनामा श्रीमान सहित दुई छोराछोरीको मृत्यु

बुधबार, मंसिर १, २०७८

मँसिर १, विहार । श्रीमतीको दाहसंस्कार गरेर फर्किने क्रममा भएको दुर्घटनामा श्रीमान सहित दुई छोराछोरीको पनि मृत्यु भएको छ । भारतको बिहार राज्यमा श्रीमतीको दाहसंस्कार गरेर घर फर्किदै गरेको श्रीमान, छोरा र छोरीको समेत गरी ६ जनाको मृत्यु भएको हो । बिहारको लखीसरायमा उनीहरु सवार सुमोलाई ट्रकले ठक्कर दिँदा उनीहरुको घटना स्थलमा नै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृत्तकका आफन्त सवार उत्त सुमोमा १० जना सवार भएको भारतीय प्रहरीले जनाएको छ । अन्य ४ जना गभ्मीर घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भारतीय सञ्चार माध्यामका अनुसार लालजित सिंहकी श्रीमती गीता देवीको अन्तिम संस्कार गरेर फर्किँदा सुमोलाई ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा लालजित सिंह, उनका छोरा अमित शेखर उर्फ नेमानी सिंह, रामचन्द्र सिंह र छोरी बेवी देवी, भान्जी अनिता देवी र चालक प्रितम कुमारको मृत्यु भएको छ ।