निर्वाचन क्षेत्र पुर्वाधार विकास बजेटबाट प्रत्येक वडामा कार्यक्रम

शुक्रबार, मंसिर ३, २०७८
प्रदेश साँसद लेख बहादुर थापा मगर

गाेरखा ।  जिल्लाकाे  निर्वाचन क्षेत्र नं १ (क) मा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमका योजना छनौट भएकाे छ ।  गण्डकी प्रदेशका सांसद लेखबहादुर थापा मगर नेतृत्वको समितिले कार्यक्रम अन्तरगत विनियोजन भएको दुई करोड रुपैयाँको ३० वटा योजना छनौट गरेको हो ।

निर्वाचन क्षेत्रमा गोरखा नगरपालिका वडा नं १ देखी ७, गण्डकी गाउँपालिका र शहिद लखन गाउँपालिका समेटिएको छ ।गण्डकी गाउँपालिकामा ५७ लाख रुपैयाँ बराबरका ९ योजना, शहिद लखन गाउँपालिकामा ६० लाख रुपैयाँका ९ योजना र गोरखा नगरपालिकामा ७७ लाख रुपैयाँका १२ योजना छनौट भएको पुर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ । ६ लाख रुपैयाँ प्रशासनिक खर्चका लागि विनियोजन भएको छ ।

गण्डकी गाउँपालिका तर्फ वडा नं १ मा काहुले सामुदायिक कृषि भवन निर्माण, वडा नं २ को कृषि उपज संकलन केन्द्र निर्माण, वडा नं ३ को तिवारी गाउँ मासाजुडे पुण्य गाउँ बटुकी भैरव मन्दिर जाने सिढी निर्माण, वडा नं ४ को ढावे गैरीचौतारा कृषि सडक स्तरोन्नती, वडा नं ६ को सुनौलो युवा क्लब भवन निर्माण र गण्डकी ८ को नयाँ गाउँ खेल मैदानको अधुरो भवन निर्माणका लागि ६/६ लाख रुपैयाँ छुट्टाईएको छ ।

सोही पालिकाको वडा नं ५ को रानागाउँ स्वास्थ्य इकाई भवन निर्माणका लागि ७ लाख, वडा नं ७ को घ्याल्चोक सामुदायिक भवनको अधुरो काम पुरा गर्न ९ लाख र वडा नं ८ को बसन्त ऋतु पोल्टि फर्मको पुर्वाधार तथा ब्यबस्थापनका लागि ५ लाख रुपैयाँ विनियोजन भएको छ।

यस्तै, शहिद लखन गाउँपालिका अन्तरगत वडा नं १ को सानो दिप्लिङ महिला समुह भवन निर्माण, वडा नं २ को आरुबोट मगर गुठी भवन निर्माण, वडा नं ६ को दार्चे सामुदायिक भवन निर्माण, वडा नं ७ को खाब्दीमा महिला बहुउदेश्यिय सामुदायिक भवन निर्माण, वडा नं ८ को हटिया कोटकाली भवन निर्माण, वडा नं ९ को सातदोबाटो सामुदायिक भवन निर्माणका लागि ७/७ लाख रुपैयाँ छुट्टाईएको छ।

वडा नं ३ को माथिल्लो बनौती कामीगाउँ भवन निर्माण, वडा नं ४ को ठेउवाटारमा करङबगर खेलमैदान निर्माण, वडा नं ५ को चण्डेधरी महिला भवन निर्माणमा ६/६ लाख रुपैयाँ विनियोजन भएको पुर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिका तर्फ वडा नं १ को दलित जनजागरण महिला समुह भवन निर्माण, वडा नं २ को हुन्चिङ गाउँ चण्डीथान जुंगेपानी धारापानी कृषि सडक निर्माण, वडा नं ३ को नारेश्वरमा सामुदायिक भवन निर्माण, वडा नं ४ मा शहिद जुना तथा राममाया स्मृति भवन निर्माण र वडा नं ५ को बोहराबेसीमा एकिकृत माछापालन पुर्वाधार तथा ब्यबस्थापनका लागि ७/७ लाख रुपैयाँ विनियोजन भएको छ ।

गोरखा नगरपालिका वडा नं २ मा केउरेनी आरन आधुनिकीकरणका लागि औजार उपकरण खरिद र ट्रष्ट निर्माण, गोरखा नगरपालिका ६ को सञ्चारमार्ग सामुदायिक भवन निर्माण, वडा नं २ को तुरतुरे धारा ट्यांकी निर्माण तथा मर्मत र वडा नं ४ को आरुस्वाँरा मेलबिसौना मुस्लिम कबरस्थान कम्पाउण्डिङका लागि ६/६ लाख रुपैयाँ विनियोजन भएको छ ।

गोरखा नगरपालिका वडा नं ५ को रोकाङ बहुउदेश्यिय कृषि फार्म निर्माणमा ९ लाख, वडा नं ७ को नयाँ बसपार्क सामुदायिक भवन निर्माणमा ५ लाख र स्वाँरामा अपाङ्ग भवनको अधुरो काम पूरा गर्न ४ लाख रुपैयाँ छुट्टाईएको पुर्वाधार विकास कार्यालय गोरखाले जानकारी दिएकाे छ ।

काे हुन लेख बहादुर थापा मगर ?