नेकपा माओवादी केन्द्र धार्चे अध्यक्षमा रातमान गुरुङ

शुक्रबार, मंसिर ३, २०७८
धार्चे ।  गोरखा  जिल्ला धार्चे गाउँपालिका वडा नम्बर ३ काे वडा अध्यक्षमा रातमान गुरुङ निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य छम बहादुर तमुकाे प्रमुख आथित्यतामा भएकाे अधिवेशन कार्यक्रममा २९ सदस्यिय वडा समिति निर्माण भएकाे इन्द्र प्रसाद गुरुङले जानकारी दिए ।
समितिकाे उपाध्यक्षमा सन्त बहादुर गुरुङ, सचिव धन बहादुर सुनार, काेषाध्यक्ष लाल कुमारी घले,सह सचिव हर्का बहादुर गुरुङ रहेका छन् । गाउँपालिका प्रतिनिधिका लागि २१ जना छनाैट भएका छन् ।
कार्यक्रमा नेपाली काँग्रेस र नेकपा एमाले पार्टी परित्याग गरी ४० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तरुण दलका काेषाध्यक्ष हर्क बहादुर गुरुङ, सक्रिय सदस्य किसानी घले, एमाले गाउँपार्टी सदस्य सुरेश सुनार लगायतकाे नेतृत्वमा पार्टी प्रवेश कार्यक्रम भएकाे थियाे ।
देशै भरिका वडामा नेकपा माओवादी केन्द्रले  मँसिर ४ गते वडा अधिवेशन गर्ने जनाएकाे छ । वडा अधिवेशनकाे पूर्व सन्ध्यामा निर्वाचन अधिकारीकाे कार्यतालिका अनुसार धार्चे वडा नम्बर ३ मा निर्विराेध समिति चयन भएकाे मिन बहादुर सुनारले जानकारी दिए ।