शहिद लखनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे वडा नेतृत्व सर्वसम्मत चयन

शनिबार, मंसिर ४, २०७८

मँसिर ४, गाेरखा ।  नेकपा माओवादी केन्द्र गोरखाले आज एकसाथ सबै वडामा अधिबेसन गरी नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर १ देखि ९ सम्म नेतृत्व सर्वसम्मत चयन भएकाे माओवादी केन्द्रका नेता रमेश थापा मगरले जानकारी दिए ।

वडा  नम्बर १ मा भीम बहादुर आले अध्यक्ष, बैकुण्ठ अर्याल सचिव, वडा नम्बर २ का शिव जी थापा अध्यक्ष, शिव राना सचिव, वडा नम्बर ३,मा कृष्ण बहादुर थापा अध्यक्ष, दिनार श्रेष्ठ सचिव, वडा नम्बर ४ मा देवराज खनाल अध्यक्ष, मन बहादुर थापा सचिव, वडा नम्बर ५ मा यम बहादुर राना अध्यक्ष, नुन बहादुर थापा सचिव, वडा नम्बर ६ मा अचल गुरुङ अध्यक्ष, राम कुमार आले सचिव, वडा नम्बर ७ मा दिपक खनाल अध्यक्ष,राम कुमार आले सचिव,  वडा नम्बर ९ मा भूमिनन्द ढकाल अध्यक्ष, राम कुमार श्रेष्ठ सचिवमा चयन भएका हुन् । अधिवेशनले महिला ३५ प्रतिशत, १५ प्रतिशत दलित, १० प्रतिशत युवालाई समेटेकाे  माओवादी केन्द्रले जनाएकाे छ ।

जिल्लाका अन्य पालिकामा समेत नेतृत्व सर्वसम्मत चयन भएका साे पार्टीले जनाएकाे छ । अब मंसिर ११ गते पालिका अधिबेसन गर्ने माओबादी केन्द्र गोरखाले जनाएको छ ।

शहिदलखनमा भएकाे उद्घाटन सत्रकाे कार्यक्रमलाइ पार्टीका शहिदलखन इञ्चार्ज जगन्नाथ खनालले सम्बाेधन गरेका थिए । कार्यक्रम भिम बहादुर आले मगरकाे अध्यक्षतामा भएकाे थियाे ।