शहिदलखनमा प्रथम चाैमासिक सार्वजनिक सुनुवाइ

बुधबार, मंसिर ८, २०७८

गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिकाले  चालु आर्थिक वर्ष २०७८।७९ को प्रथम चौमासिक सम्म गाउँपालिकाले कार्यसम्पादन गरेका विकासात्मक कार्यहरु, सार्वजनिक सेवा प्रवाहको हाल सम्मको कार्य प्रगतिको  सार्वजनिक गरेकाे छ ।

अघिल्लाे आर्थिक वर्ष प्राप्त भएकाे कुल बजेट ६६ कराेड,४९ लाख,९६ हजार ,३२२ मा  ५०कराेड,६६लाख,७०हजार ,३७१ रुपैयाँ खर्च भएकाे थियाे ।

गाउँपालिकाले प्रवाह गरेको सेवा तथा गाउँपालिका सम्बन्धी हरेक सूचनाहरु गाउँपालिकाको वेभसाईट,मोबाईल एप तथा फेसवुक पेज मार्फत सार्वजनिक गर्ने गरेकाे जनाएकाे छ । राजस्व संकलनको लक्ष्य प्राप्त गर्न र संकलनलाई थप व्यवस्थित गर्नका लागि गाउँपालिका कार्यालय र मातहतका वडा कार्यालयहरुमा अनलाईन राजस्व सफ्टवयर जडान गरेकाे छ ।

ठेक्काहरुको बोलपत्र अनलाईन प्रणालीबाट गर्ने गरिएको , गाउँपालिकामा सूचना अधिकारी तथा नागरिका वडापत्रको व्यवस्था गरिएको घटना दर्ता तथा सामाजिक सुरक्षालाई थप व्यवस्थित गराई प्रभावकारी बनाउनका लागि गाउँपालिकाका सबै वडाहरुमा अनलाईन प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा वितरण कार्यको थालनी भएकाे पालिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए  ।

गाउँपालिकाको छुट्टै मोबाईल एप मार्फत सेवा ग्राहीहरुको गुनासो सुनुवाईको लागि पहल गरिएको , गाउँपालिका र अन्तर्गतका वडा कार्यालयहरुमा स्वीकृत दरबन्दीहरु मध्ये गाउँपालिका कार्यालयमा अधिकृत स्तर छैटौ(प्रशासन),पशु विकास अधिकृत(अधिकृत स्तर छैटौँ) र सहायक महिला विकास निरीक्षक बाहेकका अन्य पदहरुमा पद पूर्ति भई सेवा प्रवाह भईरहेको , सेवा प्रवाहका लागि आवश्यक कानूनहरुको निर्माण गरी कार्यान्वयन गरिएको । कर्मचारीहरुको हाजिरीलाई नियमित तथा व्यवस्थित गर्नका लागि गाउँपालिका कार्यालयमा विद्युतिय हाजिरी जडान गरिएको , कृर्षि, पर्यटन र पूर्वाधारमा दिगोपनः समृद्ध, सुसंस्कृत शहिद लखन” भन्ने मुल नाराका साथ शहिद लखन गाउँपालिकाको प्रथमआवधिक योजना निर्माणको काम अन्तिम चरणमा रहेको, गाउँपालिकाले निर्माण गरेका सम्पूर्ण कानूनहरुको “शहिद लखन गाउँपालिका कानून संगालो” र गाउँपालिकाको विकास योजना सम्बन्धी “गाउँ विकास योजना” प्रकाशन  गरिएको, गाउँपालिका कार्यालय र अन्तर्गतका वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि समयानुकुल विभिन्न तालिमहरु संचालन गर्ने गरिएको ,गाउँपालिकाको डिजिटल प्रोफाईल निर्माणको काम अन्तिम चरणमा पुगेको , गाउँपालिकाको बहुउद्देश्यीय सभा निर्माण भैसकेको र मुख्य प्रशासकीय भवन निर्माणकै चरणमा रहेको पालिकाले जनाएकाे छ ।

हाल सम्म ऐनहरु – १७ नियमावली,निर्देशिका,कार्यविधि,मापदण्ड तथा नीतिहरु -४७ वटा पारित भई कार्यान्वयनमा रहेको छ । आर्थिक वर्ष २०७६।७७ को महालेखा परिक्षकको प्रतिवेदनमा गाउँपालिकाको बेरुजु ०.१0 प्रतिशत देखिएको जुन स्थानीय तहहरु मध्ये  गण्डकी प्रदेशको सबैभन्दा कम र नेपालकै चौथो कम बेरुजु रहेको पालिकाको रुपमा रहेको छ । वित्तिय शुसासन कायम गर्नका लागि नीतिगत एवं कानूनी व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने गरिएको । आ.व. २०७८।७९ सम्ममा जम्मा ९ पटक गाउँ सभाको बैठक बसेको छ भने ६६ पटक गाउँ कार्यपालिकाको बैठक बसेको प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले बताए । चालु आर्थिक वर्षमा १९ प्रतिशत खर्च भएकाे उनले बताए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागिहरुले बैङ्किङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण हुँदा अशक्तहरुलाइ असहज भएकाेले गाउँमा पुगेर दिन माग गरेका थिए ।

मनकामना क्षेत्रकाे फाेहाेर व्यवस्थापनलाइ व्यवस्थित गर्नुपर्ने सहभागिहरुले बताएका थिए । सहमत मिडिया प्रा‍ लिकाे सहजिकरणमा भएकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगर, कृषि अधिकृत ऋषि राेका लगायतले उठेका विषयहरुका बारेमा उत्तर दिएका थिए । कार्यक्रम पालिकाकाे सभाहलमा भएकाे थियाे ।