अखिल क्रान्तिकारीका विद्यार्थि नेताकाे बसकाे ठक्करबाट मृत्यु

बुधबार, मंसिर ८, २०७८

गोरखा  ।  अखिल क्रान्तिक्रारीका नेता पालुङटारका  सुर्वण देवकोटाको  दुर्घटनामा परि निधन भएको छ । तनहुँको डुम्रे बेसीशहर सडक खण्डमा बसले देवकोटा सवार स्कुटीलाई ठक्कर दिदा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

पालुङटार नगरपालिकाको–४ निवासी २४ वर्षिय विद्यार्थी नेता देवकोटाको बाईसजाँगरबाट डुम्रे जाँदै  गर्दा दुर्घटनामा परेका हुन्  । भन्सारमा ना ६ ख ९१३४ नम्बरको यात्रु वसले र सोही दिशाबाट यात्रा गरिहेको बा ४५ प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए ।

दुर्घटनाको अनुसन्धानको लागि दुवै सवारी साधन र वसका चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आफ्नाे साइडमा यात्रा गरिरहेका देवकाेटालाइ आेभरट्याक गरेर गएकाे बसले ठक्कर दिएकाे प्रत्यक्षदर्शीहरुले बताएका छन् ।