शहिदलखन गाउँपालिकाकाे आर्थिक वर्ष ०७७।०७८ मा ७६‍.१९ प्रतिशत रकम खर्च

बुधबार, मंसिर ८, २०७८

गाेरखा । शहिदलखन गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ मा कुल बजेकाे ७६.१९ प्रतिशत खर्च गरेकाे छ । चालु बजेट तर्फ ८६.६४ र पूँजीगत तर्फ ५९.५९ प्रतिशत खर्च भएकाे गाउँपालिकाले जनाएकाे छ ।

कुल ६६ कराेड ४९ लाख ९६ हजार ३२२ रुपैयाँमा ५० कराेड ६६ लाख ७० हजार सैँतिस रुपैयाँ खर्च भएकाे हाे । खर्च हुन नसकेकाे बजेट गाउँ पालिकाकाे प्रशासनीक भवन र पालिका स्तरीय स्वास्थ्य चाैकीकाे रहेकाे प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरले बताए । कानुनी प्रक्रिया,माैसम र जग्गा प्राप्तिका कारण बजेट समयमा खर्च हुन नसकेकाे उनकाे भनाइ छ ।

चालु वर्षकाे पहिलाे चाैमासिकमा १९.७७ प्रतिशत खर्च भएकाे पालिकाकाे तथ्याङ्कले देखाएकाे छ ।

क्र.सं. विवरण कुल विनियोजित बजेट कुल खर्च खर्च प्रतिशत
चालु खर्च ४०,८१,११,३२२ ३५,३५,८३,८५२ ८६.६४
पूजीगत खर्च २५,६८,८५,००० १५,३०,८६,१८४ ५९.५९
जम्मा ६६,४९,९६,३२२ ५०,६६,७०,०३७ ७६.१९