नेपालकाे पहिलाे केवलकार मनकामना केवलकार २४ वर्षमा प्रवेश

बुधबार, मंसिर ८, २०७८

मनकामना,गोरखा । नेपालकाे पहिलाे केवलकार मनकामना केबलकार २४ औं वर्षमा प्रवेश गरेको छ । मंसिर ८  गते आजदेखि केबलकार सञ्चालनको २४ वर्ष पुगेको हो । २०५५ सालदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ६० लाख यात्रुलाई सेवा दिइसकेको बताइएको छ ।

केबलकार सञ्चालनमा आएपछि गोरखाकाे मनकामना क्षेत्र र यस आसपासका क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यमा स्थापित भएका छन् ।  कम्पनीले मनकामनामा यही वर्षको फागुनदेखि रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । केबलकारको टप स्टेशन नजिकै ९ रोपनी जग्गामा ४० कोठायुक्त रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो ।

रिसोर्टमा रेष्टुरेन्टसँगै एक सय सिट क्षमताको कन्फरेन्स हल रहने कम्पनीले जनाएकाे छ । रिसोर्ट निर्माणमा कुल ३५ करोड १८ लाख लाग्ने  विस्तृत अध्ययन प्रतिवेदन तयार भएकाे कम्पनीले जनाएकाे  छ । केवलकारकाे बाटाे भएर प्रसिद्ध तिर्थ स्थल मनकामना मन्दिर सजिलै पुग्न सकिन्छ ।