विद्यार्थि नेता देवकाेटाकाे दुर्घटनाका नाममा नियतबस हत्या

बुधबार, मंसिर ८, २०७८

गोरखा, ८ मङ्सिर । बसको ठक्करबाट मृत्यु भएका गोरखा पालुङटारका सुर्वण देवकोटाको शव बुझ्न आफ्न्तले अस्विकार गरेका छन् । नेकपा माओबादी केन्द्र निकट बिधार्थी संगठन अखिल क्रान्तिकारी पालुङटार नगरपालिका अध्यक्ष देवकोटाका आफन्तले उचित क्षतिपूर्तिको नदिएसम्म शव नबुझ्ने अडान लिएको हो । मृतकका आफन्त सहित बिधार्थीहरुले बसका चालकले पछाडीबाट नियत सहित दुर्घटना गराएको भन्दै दमौली बजारमा केहीबेर चक्काजाम समेत गरेका छन् ।

मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलव्ध नहुँदासम्म शब नबुझ्ने भन्दै चक्काजाम गरेपछि पिडिक पक्षले बार्तामा बस्ने सहमती गरेपछि आन्दोलन स्थगित गरिएको अनेरास्वबियू गोरखाका इन्चार्ज रामकृष्ण भट्टले जानकारी दिए । पिडितलाई न्यायहुने गरि क्षतिपूर्ति उपलब्ध गराउन पिडक पक्ष तयार नभए आफुहरु शसक्त रुपमा आन्दोलनमा उत्रिने उनले बताए ।

मृतकका परिवारलाई २० लाख क्षतिपूर्ति दिनुपर्ने पीडितको माग रहेको छ । तनहुँको डुम्रे बेसीशहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बस र स्कुटर एक आफ्समा ठक्कर खाँदा हिजो २४ बर्षका विद्यार्थी नेता देवकोटाको घट्नास्थलमै मृत्यु भएको थियो । गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षिय विद्यार्थी नेता देवकोटाको घटनास्थलमै मृत्यु भएको हो ।

बाईसजाँगरबाट डुम्रे जाँदै गरेको ना ६ ख ९१३४ नम्बरको यात्रु वस र सोही दिशाबाट यात्रा गरिहेको बा ४५ प २३८ नम्बरको स्टकुटर ठक्कर खाँदा देवकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए । स्कुटि चालककाे हत्या गर्ने उदेश्यका साथ दुर्घटना गराएकाे प्रहरीका अधिकारीहरुकाे भनाइ छ । बसका धनि पालुङटारका स्थानिय व्यावसायि हुन । बाइसजाँगरबाट अघि पछि गर्दै आइरहेकाे बसले अगाडी गुडिरहेकाे स्कुटिलााइ ठक्कर दिएर स्कुटि माथि बस चढेकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।