लक्की मिडिया हाउसकाे आयाेजनामा अन्तर विद्यालय राष्ट्रिय फुटसल प्रतियोगिता हुने

बिहिबार, मंसिर १६, २०७८

 चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले अन्तर विद्यालय राष्ट्रिय फुटसल प्रतियोगित गर्ने भएको छ । विभिन्न कार्यक्रम गर्दै आएको लक्की मिडिया हाउसले “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ चितवनमा फुटसल प्रतियोगिता गर्न लागेको हो ।

यस अघि कला, संगीत र प्रिमियर शो, रेड कार्पेट शो गर्दै आएको मिडिया हाउसले खेल क्षेत्रलाई पनि प्रर्वद्धन गर्ने उद्धेश्यले फुटसल कार्यक्रम गर्न लागिएको मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की” ले जानकारी दिए । “हामीले यसअघि कला तथा सिनेमा क्षेत्रलाई प्रर्वद्धन गर्दै आएका थियौं उनले भने, “अहिले खेलकुद क्षेत्रलाई टेवा पुगोस भन्ने हेतुले फुटसल प्रतियोगितालाई पनि थप गरेका हौं ।”

महाप्रबन्धक कार्कीका अनुसार प्रतियोगितामा चितवन, नवलपरासी, पोखरा, मकवानपुर लगायत ५० भन्दा बढी बिद्यालयका विद्यार्थीहरु सहभागी हुने छ्न् । यसका लागि तयारी थालिएको र विद्यालयहरु संँग छलफल भईरहेको उनले बताए । फुटसल प्रतियोगितमा राष्ट्रियस्तरका खेलाडीहरुको बिशेष उपस्थितिमा कार्यक्रम गरिने छ । साथै फुटसलका बिषयमा खेलाडी, विद्यार्थी र सरोकारवाला बीच अन्तक्रिया र अभिमुखीकरण समेत गरिने कार्कीको भनाई छ ।