काँग्रेसकाे प्रदेश अधिवेशन आज, गाेरखाबाट १४ जना उम्मेदवार ,महामन्त्रीमा कँडेलकाे उम्मेदवारी घाेषणा

बिहिबार, मंसिर १६, २०७८

गाेरखा । नेपालीका काँग्रेस पार्टीकाे प्रदेश अधिवेशन आजबाट सुरु भएकाे छ ।  सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज बिहीबार सात वटै प्रदेशमा प्रादेशिक अधिवेशन हुन लागेकाे हाे ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएकाे र शनिबार निर्वाचन हुनेछ ।

१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् ।

कांग्रेसको प्रादेशिक अधिवेशन गण्डकीको पोखरामा, प्रदेश १ को विराटनगरमा, २ को जनकपुरधाममा, बागमतीको हेटौंडामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा रहेकाे छ ।

अधिवेशनकाे आज काँग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

गण्डकी प्रदेशका ११ जिल्लाका महाधिवेशन प्रतिनिधी, प्रदेश प्रतिनिधी लगायतका नेता कार्यकर्ताहरु बुधबार नै  पाेखरा पुगेर मत माग्न थालेका छन् ।

काँग्रेसकाे प्रदेश महामन्त्रीमा पालुङटारका मेयर दिपकबाबु कँडेलले उम्मेदवार घाेषणा गरेका छन् । कँडेल बाहेक अन्य जिल्लाका कसैले पनि महामन्त्रीकाे दावी गरेका छैनन् ।

सह महामन्त्रीमा गाेरखा नगरपालिकाका मेयर राजनराज पन्त र युवा नेता युवराज बस्ताकाेटीले इच्छा जाहेर गरेका छन् ।

प्रदेश सदस्यहरुमा पूर्ण बहादुर दाहाल, रिता परियार, कमला लामिछाने, ध्रुव प्रसाद खनाल,शाेभा अधिकारी, प्रकाशचन्द्र दवाडी, पूर्ण बहादुर राना, विना श्रेष्ठ, इश्वर पाण्डे, रमेश वस्ताकाेटी, विर बहादुर ढकाल ले उम्मेदवार घाेषणा गरेका छन् । शुक्रबार मनाेनयन दर्ता गर्ने कार्यक्रम रहेकाे काँग्रेसले जनाएकाे छ ।