२४ वर्षकी इशा बराल काँग्रेसकाे महाधिवेशन प्रतिनिधिमा निर्वाचित

बिहिबार, मंसिर १६, २०७८
काँग्रेस महाधिवेशन प्रतिनिधि इशा बराल

पाेखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कास्की जिल्ला क्षेत्र नं १ बाट २४ वर्षिय इन्जिनियर ईशा बराल केन्द्रीय महाधिवेशन प्रतिनधि बन्न सफल भएकी छन् ।

उनि कास्की जिल्लामा नेपाली कांग्रेसको सबैभन्दा कान्छी महाधिवेशन प्रतिनधि हुन् । वि.पी को सिद्धान्तबाट प्रभावित उनि देश विकास एवं समृद्धिका लागि युवा राजनीतिमा आउनु पर्छ भन्ने धारणा राख्छिन् ।

स्वतन्त्रता एवं निष्पक्षताको अनुयायी गर्ने ई. बराल आफूले अवसर पाएमा महिला, अपाङ्ग एवं सम्पूर्ण समुदायका व्यक्तिहरूको हक हितको लागि आवाज उठाउने बताउँछिन् ।

नेपाली राजनीतिमा पढेका व्यक्ति सक्रिय राजनीतिमा निकै कम लागेको अवस्थामा आफू जस्तै अरु संकायका विद्यार्थीहरुलाई पनि इमान्दारिताको राजनीतिमा आउन उनि प्रेरित गर्छिन ।