नेपाली जनप्रगतिशिल मञ्च आयरल्याण्डमा शुकमान लामा अध्यक्ष

सोमवार, मंसिर २०, २०७८
गाेरखा । नेपाली जनप्रगतिशिल मन्च आयरल्याण्डको प्रथम अधिवेशनले शुकमान लामाकाे अध्यक्षतामा समिति गठन गरेकाे छ । अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व सहित नयाँ कार्यसमिती चयन गरेको हाे । जसकाे उपअध्यक्ष मधु पाठक, सचिब  रमाकान्त चौधरी, कोषाध्यक्ष दुर्गा प्रसाद सुबेदी, सदस्यहरुमा ओम कला थापा, भवानी चौधरी , सिर्जना लामा , पदम कुमारी क्षेत्री , रवि बोगटी  रहनुभएकाे छ ।
सल्लाहाकारहरु बुद्ध लामा , दलराम तामांग, बल बहादुर क्षेत्री, काजी मान श्रेष्ठ, प्रेम प्रसाद घले रहनुभएकाे छ ।
 भर्चुअल भेलामा निर्वाचन संयोजक क सुरेन्द्र नेपाल श्रेष्ठ र नेपाली जना प्रगतिशील मंच युरोपका वर्तमान सचिब कमरेड रण बहादुर खाती क्षेत्रीको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।