नेपाली फिल्म “घामड शेरे” युट्युवको ट्रेन्डिङमा (भिडियो सहित)

मङ्लबार, मंसिर २१, २०७८

 

काठमाण्डौं । नेपाली फिल्म घामड शेरे युट्युवमा सार्वजनिक भएको दोश्रो दिनमै ट्रेन्डिङमा पर्न सफल भएको छ ।

हेमराज बिसिले निर्देशन गरेको फिल्ममा नायिमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको जोडीलाई मुख्य भुमिकामा देख्न सकिन्छ । रियल लाईफकै उक्त जोडीलाई दर्शकहरुले एकदमै मनपराएका छन् ।

परदेशबाट पैसा कमाएर स्वदेशमै केहि गरौं भन्ने उद्वेश्यले फर्किएको युवाले भोग्नुपरेको दुख र पिडालाई निर्देशकले दुरुस्तै पर्दामा उतारेका छन् । आजकल युट्युबमा दिनहुँ जसो सार्वजनिक हुने सामाजिक बिकृतिका घटनालाई समेत फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको छ ।

(फिल्म हेर्नुहोस्)