पचास कराेड लगानीमा गाेरखामा गाेरखा गार्डेन हाेटल खुल्याे

बिहिबार, मंसिर २३, २०७८

गाेरखा । जिल्लामा ५० कराेड लगानीमा गाेरखा गार्डेन हाेटल सञ्चालनमा आएकाे छ । २०७३ साल देखि निर्माण सम्पन्न गरेर मँसिर २ गते देखि गृह प्रवेश भएकाे सञ्चालक समितिका सदस्य शितलकाजी मास्केले जानकारी दिए ।

गाेरखा र चितवनका व्यवसायीहरुकाे सँयुक्त लगानीमा हाेटल खुलेकाे हाे । हाेटलमा स्वीट, सुपर डिलक्स र डिलक्स गरी १२५ वटा काेठा छन् भने छैँठाै तलामा स्वीमिङ पुल समेत रहेकाे छ ।