आँवुखैरेनी गाउँपालिका भित्रका स्वास्थ्य सँस्थामा औषधि अभाव

शुक्रबार, मंसिर २४, २०७८

तनहुँ । आँवुखैरेनी गाउँपालिका भित्र रहेका ८ वटा स्वास्थ्य सँस्थामा सिटामाेल लगाएतका औषधि अभाव भएकाे छ । विगत चार महिनादेखि आज आउँछ भाेलि आउँछ भन्दै  पर्खिरहे पनि पालिकाले औषधी उपलब्ध नगराएकाे स्वास्थ्य सँस्थाका कर्मचारीहरुले बताएका छन् ।

अन्य औषधिका त के कुरा सिटामाेल समेत छैन । सामान्य ड्रेसिङका विरामी आउँदा समेत औषधी अभावमा अन्यत्र जान सुझाव दिनुपरेकाे स्वास्थ्यकर्मीहरुकाे भनाइ छ ।

स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायका अनुसार औषधि अभाव भएकाे कुरा सत्य हाे । चार महिना देखि हाेइन  दुइ महिना भयाे स्वास्थ्य सँस्थामा औषधि नभएकाे  उनले बताए । पालिकाबाट टेण्डर गरेर खरिद गर्ने क्रममा ढिलाइ भएकाे र अवका केहि दिन भित्रै सबै स्वास्थ्य सँस्थामा औषधि पुग्ने उनले बताए ।