????????, ?? ?????? ???????????? ???????? ??????? ?????? ?????? ????? ????????? ???????? ?????? ?????? ? ???? ?????? ??? ???????? ?????? ?????? ???????? ????? ????? ?????? ? ? ?????? ? ????????? ????, ????

Breaking News

बालाचतुर्दशी पर्व मनाउन शिव मन्दिरमा भक्तजनहरुकाे घुइचाे

By मनासलु

December 03, 2021

काठमाण्डाै । बालाचतुर्दशी मनाउन आज बिहानैदेखि देशभरका शिव मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ ।

हरेक वर्ष मंसिर कृष्ण पक्ष चतुर्दशीका दिन बालाचतुर्दशी मनाउन काठमाण्डौको पशुपतिसहित देशभरका शिव मन्दिरमा भीड लागेको हो । त्रयोदशीका दिन हिजो बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्छन् ।

हिजो बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गरेर रातभर जाग्राम बसेका हुन्छन् । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

माता पिता दिवङ्गत भइ एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नु नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष डा रामचन्द्र गौतमले बताए ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर लगायतका ठाउँमा शतबीज छर्ने गरिन्छ ।

आजको दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने धार्मिक विश्वास छ । यस्तै, पशुपति क्षेत्रमा भक्तजनको भीडलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

गाेरखा जिल्लाका शिव मन्दिर नदि किनारमा समेत आज भक्तजनहरुकाे भीड लागेकाे छ ।