नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डलाइ स्वागत गर्दै प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल लगायतका नेता भरतपुर विमानस्थलमा ।

Breaking News

प्रेस सेन्टर नेपालकाे चाैँथाे अधिवेशन प्रचण्डले उद्घाटन गर्ने

By मनासलु

December 03, 2021

चितवन । प्रेस जगतकाे याेजनाकार सँगठनकाे रुपमा रहेकाे प्रेस सेन्टर नेपालकाे चाैँथाे महाधिवेशन उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डबाट हुने भएकाे छ । शनिबार दियालाे फुड ल्याण्डमा हुने कार्यक्रममा ११ बजे उद्घाटन गर्ने गरी तयारी पूरा भएकाे महाधिवेशन आयाेजक समितिका सँयाेजक महेश्वर दाहालले बताए ।

महाधिवेशनमा भाग लिनका लागि ७७ जिल्ला ,  ७ प्रदेश र ३ गैरप्रदेशका दुइ हजार पत्रकारहरु चितवन आइपुगेका उनले बताए । सेन्टरमा आवद्ध पत्रकारहरु १५ हजारकाे सँख्यामा रहेका महासचिव विष्णु प्रसाद सापकाेटाले बताए ।