बजेट कार्यन्वयनमा ढिलाइ नगर्न अर्थ मन्त्री बरालकाे निर्देशन

बुधबार, मंसिर २९, २०७८

गाेरखा ,मंसिर । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालले समयमै बजेट कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयले मंगलबार गोर्खामा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले कुनै बाहना बाजी नगरी समयमै बजेट कार्यान्वयन हुने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

दोश्रो चौमासिक भित्र पनि कार्यक्रम कार्यान्वयनमा जान सक्ने अबस्था नभएमा तत्काल सरेण्डर (आत्मसमपर्ण) गर्न मन्त्री बरालको भनाई थियो ।

गण्डकी प्रदेशका पूर्व मन्त्री लेखबहादुर थापा मगरले दोश्रो चौमासिकसम्म कार्यान्वयन सुरु नभएका योजनाहरु रद्ध गर्न सुझाव दिएका छन ।

कोष तथा लेखा नियन्त्रक कार्यालय गोर्खाका प्रमुख महेन्द्र प्रसाद भण्डारीले यही मंसिर २७ गतेसम्म प्रदेश अन्र्तगत बजेट कार्यान्वय पूंजिगत तर्फ १७.२८ प्रतिशत बजेट खर्च भएको बताए ।

गोर्खामा चालु आ.व.मा १ अर्ब ८३ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए ।