निर्माण व्यावसायी सँघ गाेरखा जिल्ला अध्यक्षमा भण्डारी विजयी

बिहिबार, पुस ८, २०७८

गोरखा,पुष । निर्माण व्यावसायी सँघ गाेरखा जिल्ला अध्यक्षमा सुर्य बहादुर भण्डारी विजयि भएका छन् । निर्वाचनमा भण्डारी १३४ मत ल्याएर बिजयी  भएका हुन् । उनका प्रतिष्पर्धि  व्यवसायी होमबहादुर बानियाँले  ९८ मत प्राप्त गरेका छन् ।

भण्डारी र बानियाँले छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । अध्यक्षमा बानियाँले हार ब्यहोरे पनि उनका प्यानलबाट राजु लामिछाने सहित ५ जनाले जित हात पारेका छन् । मतदानबाट निर्वाचित हुनेहरुमा भोला मरहट्टा १३७ मत, राजुबावु लामिछाने १३१ मत, किरणबावु श्रेष्ठ १२६ मत, सबिन बस्नेत १२१ मत, देवराज गुरुङ ११६ रहेका छन् ।

सुरेन्द्र बस्नेत १११ मत, दिनेश तमु १०६ मत, बिनोद खनाल १०१ मत, दलमान गुरुङ १०० मत, ताराबहादुर खड्का ९८ मत र दिपक थापाले ९५ मत प्राप्त गरेका छन् । संघको विधान अनुसार अब बस्ने नव निर्वाचित समितिको बैठकले ४ जनालाई समितिमा मनोनित गरेर ल्याउन पाउने छन् भने उपाध्यक्षदेखी कोषाध्यक्षसम्मको पदको जिम्मेवारी अध्यक्षले बाँडफाड गर्नेछ ।

नव निर्वाचित समितिको केही दिन भित्रै पदास्थापन हुने निर्वतमान अध्यक्ष बावुराम श्रेष्ठले जानकारी दिए ।