उद्याेग वाणिज्य सँघ गाेरखाकाे १६ औं अधिवेशन पुष १० र ११ गते

शुक्रबार, पुस ९, २०७८

गोरखा,  पुस ।   उद्योग बाणिज्य संघ गाेरखाकाे १६ औं अधिवेशन पुष १० र ११ गते उद्याेग वाणिज्य सँघकाे सभाहल छहरेमा हुने भएकाे छ ।   गोरखाका क्रियाशिल ब्यवसायीहरुले गोरखा उद्योग बाणिज्य संघको १६औं अधिवेशनमा अध्यक्षमा कृष्णकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यमा भगवानबावु मास्के र उपाध्यक्षमा अस्मकबावु श्रेष्ठ सर्वसम्मत चयन गर्ने वाणिज्य सँघकाे तयारी रहेकाे छ ।  महासचिव सहित १० पदमा निर्वाचन हुने भएकाे छ ।  सदरमुकाममा विहिबार पत्रकार सम्मेलन गर्दै महासचिवमा रामहरी केसी सहितको प्यानलले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै महासचिवका उम्मेदवार केसीले क्रियाशिल व्यावसायीहरु मिलाएर लाने कुरामा अघिल्लो घोषणा कार्यक्रममा बचनबद्वता दिएको भएता पनि त्यसको बिरुद्वमा काम कारवाही हुन थालेको भन्दै आफुहरुले संघलाई चलायमान बनाउन क्रियाशिल सदस्यहरुल लिएर चुनावमा जान लागेकाे बताए ।

घोषणा कार्यक्रममा कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा, सचिवमा काजीराम श्रेष्ठ र कार्य समितिको अन्य सदस्यहरुमा प्रेमध्वज थापा, कर्ण गुरुङ र शंकर कुवरले शुक्रबार उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

गोरखा उद्योग बाणिज्य संघको ११ महिना अगाडी  हुनुपर्ने अधिवेशन कोरोनाका कारण देखाउदै सारीएको थियाे । ४६औं बार्षिक साधारण सभा तथा १६औं अधिवेशनले गाेरखाका उद्याेगी,व्यावसायीहरुमा चुनावी सरगर्मी चलेकाे छ ।