हाेटेल,रेष्टुरेन्ट चाैविसै घण्टा खुलाउने गरी तयारी भइरहेकाे छ : गृह मन्त्री खाँड

आइतवार, पुस ११, २०७८
गृहमन्त्री बालकृष्ण खाँड गाेरखा उद्याेग वाणिज्य सँघकाे कार्यक्रमलाइ सम्बाेधन गर्नुहँदै । तस्वीर राजेन्द्र न्याैपाने

गाेरखा । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले देशैभरी रहेकाे हाेटेल तथा रेष्टुरेन्टहरु चाैविसै घण्टा खाेल्न पाउने गरी गृह मन्त्रालयले कार्यविधि बनाइरहेकाे बताएका छन् । शनिबार गाेरखा उद्याेग वाणिज्य सँघकाे अधिवेशन उद्घाटन कार्यक्रमलाइ सम्बाेधन गर्दै मन्त्री खाँडले साे कुरा बताएका हुन् ।

खाना खाँदै खाँदै छाेडेर हिड्नुपर्ने अवस्थाकाे अन्त्य गरिने उनले बताए । व्यापार हुने,बसेर खाने समयमा प्रहरी आएर बन्द गर्नुस भन्दै हिड्दा व्यवासायीहरु हैरान भएकाले अवका दिनमा त्यस्ताे नुहने उनले बताए । पहिलाे चरणमा कहाँ खुला गर्ने भन्ने विषय छलफलमा रहेकाे उनकाे भनाइ छ ।