उद्याेग वाणिज्यसँघ गाेरखामा सँस्थापन पक्षकाे प्यानल विजयी

मङ्लबार, पुस १३, २०७८

गोरखा,  पुष । गोरखा उद्योग वाणिज्य संघ गोरखाको १६ औं अधिवेशनमा सँस्थापन पक्षबाट उम्मेद्वारी दिएका सबै बिजयी भएका छन् ।

महासचिव र सचिवसहित अन्य सात सदस्य पदमा भने उम्मेद्वारी परेकाले आइतबार निर्वाचन भएको थियो । मतदानबाट संस्थापन पक्षले तयार गरेको प्यानलबाट उम्मेद्वारी दिएका सबै उम्मेद्वार विजयी भएका हुन् ।

सोमबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार संघको महासचिवमा प्रकाशचन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ। श्रेष्ठ ३ सय ५५ मतका साथ महासचिव पदमा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी रामहरि केसीले २ सय ७५ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिनुभयो ।

यस्तै, सचिवमा काजिराम श्रेष्ठलाई पराजित गर्दै चन्दनबाबु खत्री विजयी हुनु भएको छ । खत्रीले ३ सय ६५ मत प्राप्त गर्दा श्रेष्ठको पक्षमा २ सय ५७ मत खसेको निर्वाचन अधिकृत दुवाडीले बताउनुभयो । उहाँका अनुसार संघको सदस्यहरुमा दीपक कुमार श्रेष्ठ ९अनु० ४३३, सुरेन्द्र कुँवर ४१३, मनकाजी श्रेष्ठ ४२५, शरण श्रेष्ठ ४१०, वसन्त बस्नेत ४०६, शिबध्वज खत्री ३८२, र अयोध्या जोशी ३९९ मत प्राप्त गरी विजयी भएका छन् ।
७ सदस्य पदका लागि ११ जना चुनावी मैदानमा थिए ।

अन्य प्रतिस्पर्धीमध्य शंकरबहादुर कुँबरले १६८, कर्णबहादुर गुरुङले २८१, प्रेमध्वज थापाले २४१ र किरण ढकालले १९६ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

मतदान प्रक्रियामा ६ सय ७० मतदाता सहभागी रहेको गोरखा उद्योग वाणिज्य संघले जनाएको छ । संघको अध्ष्क्षमा कृष्णकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के, उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा तथा वस्तुगत सदस्यमा पर्वबहादुर विक र महिला सदस्यमा रीता रेग्मी अर्याल निर्विरोध निर्वाचित भैसक्नु भएको छ । उक्त पदमा उहाँहरुको एकल उम्मेद्वारी परेको थियो ।