कृषि तथा व्यापार प्रबर्दन मेला २०७८ मा आज चेतन सापकाेटा, हेमन्त शर्मा र सुवाेध गाैतमकाे प्रहसन रहने

बिहिबार, पुस २२, २०७८

गाेरखा । पुस २० गते देखि चलिरहेकाे कृषि तथा व्यापार प्रबर्दन मेला २०७८ काे आज तेस्राे दिन चेतन सापकाेटाऽ हेमन्त शर्मा र सुबाेध गाैतमकाे प्रहसन हने भएकाे छ ।

बुधबार धिरज राइ, रचना रिमाल, रामचन्द्र अर्याल, बेलिमाया गाेर्खालीले दर्शकहरुलाइ छमछमी नचाएका थिए । काेराेना सङक्रमणका कारण लामाे समयदेखि जिल्ला भित्र मेला महाेत्सव नभइरहेका बेला गाेरखा चेम्बर अफ कमर्सकाे आयाेजनामा मेला लागि रहेकाे छ । एकै ठाउँमा भेला भएर राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुकाे प्रहसन हेर्ने र उनीहरुसँगै रमाउने अवसर गाेरखावासीले पाएका छन् ।

मेलामा गायक दिनेश थापाले एङ्करीङ गरिरहेका छन् । पुस २८ गते सम्म चल्ने मेलामा प्रत्येक दिन ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुकाे उपस्थित भइरहेकाे छ । मेला भर्नका लागि गाउँ गाउँबाट मानिसहरु मेला स्थलमा भेला हुने गरेका छन् । मेलामा विभिन्न प्रकारका घरायसी सामग्रीहरु खरिद गर्न, मेला भित्रै विभिन्न प्रकारका खानाका प्रकार र बाल मनाेरञ्जनका स्टलहरु समेत रहेका छन् ।