नेकपा एमाले गाेरखाकाे जिल्ला अधिवेशन शुक्रबार हुने

बिहिबार, पुस २२, २०७८

गोरखा । नेकपा एमाले गोरखाकाे जिल्ला अधिवेशन देशैभरी शुक्रबार हुँदैछ । गाेरखा जिल्लामा एमाले पार्टी कार्यालय चाइनिज धारामा ११ बजेबाट अधिवेशन सुरु हुने पार्टीका सचिव कृष्ण नेपालीले जानकारी दिए ।

अधिवेशनबाट अध्यक्ष सहित पाँचजना पदाधिकारी र १३० जना सदस्य रहनेछन् । अध्यक्ष, उपाध्यक्ष, सचिव र दुइ जना उपसचिव रहनेछन् । अध्यक्षका लागि तिन जना आकाँक्षि भएपनि सर्वसम्मत बनाउने काेसिस भइरहकाे नेकपा एमाले स्राेतले जानकारी दिएकाे छ ।

कार्यक्रमकाे केन्द्रीय सदस्य रामशरण बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।