नेकपा एमालेकाे जिल्ला अधिवेशन देशैभरी आज

शुक्रबार, पुस २३, २०७८

गोरखा । नेकपा एमालेकाे जिल्ला अधिवेशन देशैभरी आज हुँदैछ ।  अधिवेशनकाे एमाले अध्यक्ष केपी अाेलीले एक साथ उद्घाटन गर्नेछन् ।

केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

यता एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन गोरखा नगरपालिका ८ स्थित चाइनिजधारामा रहेकाे मदनआश्रित भवन हुने भएको हाे । जिल्ला अधिवेशमा ११ वटा स्थानीय तहबाट गरी करिब ६ सय ५० जना प्रतिधिनी सहभागी हुदैछन् ।

अधिवेशनमा आज बेलुका नै बन्द सत्र सुरु हुने र साे बन्द सत्रबाट एमालेले राजनैनितक, साँगठनिक र आर्थिक गरी ३ मुख्य प्रतिवेदन पास गर्ने कार्यक्रम रहेकाे जिल्ला अध्यक्ष प्रेम गुरुङ्गले जानकारी दिएका छन् ।

जिल्ला अध्यक्षमा अहिलेसम्म ३ जनाले आकांक्षा व्यक्त गरेका छन् । प्रेम गुरुङ्ग, कृष्ण नेपाली र सुरेन्द्र थापाले पार्टीकै बैठकमा अध्यक्षकाे दावेदारी प्रस्तुत गरिसकेका छन् । गुरुङ्ग हाल वहालवाला अध्यक्ष हुन भने नेपाली पार्टीकाे जिल्ला सचिव हुन् । थापा गण्डकी प्रदेशका सदस्य रहेका छन् । अधिवेशनले पदाधिकारी सहित १३५ सदस्यीय जिल्ला समिति निर्माण गर्ने पार्टी सचिव नेपालीले जानकारी दिए ।