एमाले गाेरखा अध्यक्ष, उपाध्यक्ष र सचिव सर्वसम्मत चयन

शनिबार, पुस २४, २०७८

गाेरखा । नेकपा एमाले गोरखा अध्यक्षमा प्रेम गुरुङ निर्विराेध चयन भएका छन् । एमालेकाे ७ औं जिल्ला अधिवेशन अन्तर्गत शनिवार साँझ ६ वजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएकोमा गुरुङको मात्रै उम्मेद्वारी परेको एमाले गाेरखाका निवर्तमान सचिव कृष्ण नेपालीले जानकारी दिए ।

अध्यक्षमा गुरुङ सहित कृष्ण नेपाली र सुरेन्द्रबहादुर थापाको दावी रहेको थियो । एमालेमा गुरुङकाे  दोस्रो कार्यकालका लागि अध्यक्ष भएका हुन् ।

उपाध्यक्षमा हालका सचिव कृष्ण नेपाली र सचिवमा काजीराम रोकाको मात्रै उम्मेद्वारी परेकाले यी दुबै पदमा सर्वसम्मत नेतृत्व चयन हुने निश्चित भएको छ । उपसचिव पदमा भने प्रतिष्पर्धा देखिएकाे छ ।

बिशाल थापा, सुरेशबाबु श्रेष्ठ र राजन गुरुङले उपसचिवमा उम्मेद्वारी दर्ता गराएका निर्वाचन समितिले जानकारी दिएकाे छ ।

खुल्लातर्फ पुरुषतर्फ २० पदका लागि ३६ जना, दलित पुरुष ३ जनाका लागि १३ जना र जनजाति पुरुष ५ जनाका लागि ८ जनाको मनोनयन दर्ता भएको छ ।

१ शय ५ सदस्यीय जिल्ला कमिटिको अन्य पदमा भने निर्विरोध जिल्ला कमिटि सदस्य चयन भएका छन् । जिल्ला कमिटिमा खुल्ला सदस्यतर्फ पदाधिकारी सहित ३५ जना, भुगोल अन्तर्गत ११ वटै पालिकाबाट ५० जना र समावेशीतर्फ २० जना जिल्ल्ला कमिटि सदस्य निर्वाचित हुने छन् । सर्वसम्मत हुन नसकेको पदमा आइतवार बिहान ७ वजेबाट मतदान हुने निर्वाचन समितिले जानकारी दिएकाे छ।