तीन राजनैतिक दल विदेशीकाे इशारामा चले : काँग्रेस उपसभापति पराजुली

आइतवार, पुस २५, २०७८

गाेरखा । विपि काँग्रेसका केन्द्रिय उपसभापति पुष्ष पराजुलीले देशका ठूला भएका तीन राजनैतिक पार्टीहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माअाेवादी केन्द्र विदेशीकाे इशारामा चलेकाे आराेप लगाएका छन् ।

३०० अाैँ पृथ्वी जयन्तीकाे अवसरमा गाेरखा आयाेजना हुने कार्यक्रमकाे तयारीका क्रममा गाेरखामा पत्रकार सम्मेलन गरी पराजुलीले भने, ठूला पार्टीका नेता भ्रष्टचारी छन् , प्रधानमन्त्री सबै भन्दा ठूला भ्रष्टचारी हुन् । हामी हाम्राे विचार पुस २७ गतेका दिन राख्छाैँ ।

विपि काेइरालाले शेष हुनु भन्दा पहिला राजा कहिल्यै नफाल्नु भनेका आफूहरु राजाकाे पक्षमा रहेका उनले बताए ।

राष्ट्रिय सँयुक्त जनआन्दाेलन माेर्चाकाे नाममा कार्यक्रम हुने भएकाे छ । जसमा विपि काँग्रेस,राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत रहेका छन् ।