गाेरखा जिल्लाका व्यावसायिक वाख्रा पालक किसानहरु सँगठित

मङ्लबार, पुस २७, २०७८

गाेरखा । गाेरखा जिल्लाका विभिन्न पालिकामा रहेर बाख्रा पालन गर्दै आएका वाख्रा पालक किसानहरु सँगठित भएका छन् । आज जिल्लाकाे तमु छाेँज धीँ काे सभाहलमा भएकाे कार्यक्रममा रीम प्रसाद काप्रीकाे अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति निर्माण भएकाे छ ।

कार्यक्रमलाइ सम्बाेधन गर्दै  प्रमुख अतिथि नेपाल व्यावसायिक वाख्रा पालन महासँघका  केन्द्रीय सदस्य शारदा गिरीले गाेरखा जिल्लामा विभिन्न जातका बाख्राहरु, बाेका, खसी उत्पादन पछिल्लाे समयमा बढेकाे र विस्तारै जिल्ला आत्मनिर्भर हुँदै गइरहेकाे बताइन । वाख्रा पालनका लागि गाेरखाकाे हावापानी नेपाल भरीमै उत्कृष्ट रहेकाे उनकाे भनाइ छ । छाला र हड्डी मात्र भएका खसी बाेकाहरुमा पानी भरेर विक्री वितरण भइरहँदा अनुगमन गर्ने निकायहरु माैन रहेकाे उनकाे भनाइ छ ।

खसी बाेकाकाे मासुकाे मूल्यमा माउ वाख्राकाे नास भइरहेकाे उनकाे भनाइ छ ।  स्थानीय उत्पादनकाे प्राेत्साहन गर्न राज्यले जाेड दिनुपर्ने उनकाे भनाइ थियाे ।

विगतका ४ वर्षमा स्थानीय पालिकाहरु व्यावसायमा सँलग्न नभएका नक्कली किसानहरुलाइ खल्तीमा नगद दिने काम भएकाे गिरीकाे भनाइ छ ।

कार्यक्रमले समितिकाे उपाध्यक्षमा मिना गिरी, सचिव वासु बञ्जरा, काेषाध्यक्ष बुद्धि कुमारी गुरुङ, सह सचिव लाल बहादुर थापा, सदस्यहरु छविलाल गुरुङ, माेहमद हकिम मियाँ,  रामकृष्ण लामिछाने, ऋषिराम वाेहाेरा, लक्ष्मण गुरुङ, एकुमाया थापा, अस्मिता आचार्य, सुजन भन्तना रहेका छन् । कार्यक्रममा तारानाथ पाेखरेलले सहजीकरण गरेका सँघका सदस्य कमल खनालले जानकारी दिए ।