सार्वजनिक स्थानमा प्रवेश गर्न खाेप कार्ड अनिवार्य, काठमाण्डाै प्रवेशमा कडाइ

बुधबार, पुस २८, २०७८

कोरोना संक्रमण रोकथामका सन्दर्भमा  माघ ७ गतेदेखि सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य देखाउनु पर्ने भएकाे छ । सरकारले काठमाण्डाै प्रवेश गर्ने नाकाहरुमा कडा गर्न थालेकाे छ । काठमाण्डाैका सरकारी कार्यलयमा प्रवेशलाइ कडाइ गरिएकाे काठमाण्डाैका प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।

होटल, रेष्टुरेन्ट, ब्यापार ब्यवसाय, सिनेमा हल, रंगशाला, पार्क लगायतका सार्वजनिक स्थलमा प्रवेश गर्दा पनि कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिने उल्लेख छ ।

२५ जनाभन्दा बढी भेला हुने कुनै पनि किसिमको मेला, महोत्सव एवम् सामाजिक कार्यहरु पनि गर्न नपाइने भएको छ ।

सरकारले निशुल्क एन्टिजेन परिक्षण बुथ स्थापना गरि नियमित परिक्षण गर्ने ब्यवस्था मिलाउने, सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई अनिवार्य रुपमा २ हप्ताभित्र कोभिडविरुद्धको खोप लगाइसक्ने, माघ १५ गतेसम्म विद्यालयहरुले भौतिक उपस्थितिमा हुने पठनपाठन नगराउन समेत आदेश दिएकाे छ ।