
माघ ५, काठमाडौं । प्रधानमन्त्री (पिएम) कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको छ।
फाइनल प्रतिस्पर्धामा पुगेका दुई विभागीय टोलीमध्य पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि एपीएफ क्लबले ब्याटिङ गरिरहेको छ । एपीएफका आसिफ शेख र प्रदीप ऐरीको जोडी ओपनिङमा आएका छन् ।
पुलिस बागमती प्रदेशमाथि ५० रनको जित निकाल्दै फाइल यात्रा तय गरेको हो भने एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै पुलिससँगको भेट पक्का गरेको हो ।