टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै एपिएफले पहिलोपटक रारा गोल्डकपको उपाधि जित्याे

शनिबार, माघ १५, २०७८

पोखरामा भएको आहा ! रारा गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लवले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा सर्बाधिक ६ पटकको उपाधि बिजेता मनाङ मस्र्याङ्दी क्लवलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै एपिएफले पहिलोपटक उपाधि चुम्दै इतिहास रचेको हो । यसअघी एपिएफ क्लव २०६४ सालमा फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन । नेपाल पुलिस क्लवसँग फाइनल खेलेको एपिएफले त्यसबेला २–० ले नतिजा सुम्पिदै उपाधिबाट बञ्चित हुनु परेको थियो ।

बिजेता बनेको एपिएफ क्लवले नगद १० लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्याे। उपबिजेतामा चित्त बुझाएको मनाङ मस्र्याङ्दी क्लवले भने नगद ५ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्याे ।

शनिबार निर्धारित ९० मिनेटको समय समान २–२ गोलको बराबरीमा सकिएको थियो । थप ३० मिनेटको अतिरिक्त समयमा भने दुबै टिमले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपिएफ भाग्यमानी ठहरियो । एपिएफका जापनिज गोलकिपर कुरियामा यूयाले मनाङका विदेशी खेलाडी अफिज ओलावालेको प्रहार रोकेपछि एपिएफको भाग्य चम्किएको हो । मनाङका ओलावालेले प्रहार गरेको पेनाल्टी शुट यूयाले सजिलै रोक्दा मनाङ भने सातौं पटक उपाधि जित्नबाट बञ्चित बन्यो ।

टाइब्रेकरमा एपिएफका क्याप्टेन नवीन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणी लामा र अर्माण्ड बिडौमले गोल गरे । मनाङका तर्फबाट भने फ्र्यांक्लिन कुइटे, दयानन्द सिंह, शिव गुरुङ र रुपेस केसीले गोल गरे ।

शुरुदेखि नै आक्रामक खेलेको एपिएफले खेलको २० औं मिनेटमा गोलको खाता खोल्दै अग्रता लिएको थियो । एपिएफका लागि युवराज खड्काले गोलको खाता खोलेका थिए । उनले अर्माण्ड बिडौमले दिएको पासलाई मैदानको दायाँ साइडबाट सेकेण्ड बार च्यापेर हानेको उनको प्रहारलाई बिपक्षी गोलकिपर कुरियामा यूयाले ठम्याउन नसक्दा गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा १–० ले पछि परेको मनाङले ६७ औं मिनेटमा बराबरी गोल फर्कायो । मनाङका लागि दयानन्द सिंहले गोल गर्दै मनाङलाई खेलमा फर्काए । कप्तान बिमल रानाको क्रस बललाई उनले हेडरमार्फत गोलपोष्टको दिशा दिए ।

मनाङले खेलको ७९ औं मिनेटमा गोल गर्दै जितको आश जगायो । रुपेश केसीले हानेको फ्रिकिक बललाई मनाङका फ्र्यांक्लिन कुइटेले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । तर त्यो अग्रता धेरैबेर टिकेन । एपिएफका रवी थिङले दोश्रो हाफको ईञ्जुरी समयको पहिलो मिनेटमै गोल गर्दै खेल बराबरीमा पु¥याए । उनले मनाङका डिपेन्डरले फर्काएको हेडिङ बललाई हेडरमार्फत जाली चुमाए ।

निर्धारित समय २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जसमा आक्रामक रणनीति अप्नाएको एपिएफले मनाङमाथि बारम्बार आक्रमण बुन्यो । तर मनाङको मानव निर्मित फलामेबार छिचोल्न नसक्दा एपिएफ गोल गर्न असफल भयो । एपिएफलाई रोक्न रक्षापंक्ति बलियो बनाएको मनाङलेपनि काउण्टर अट्याकमार्फत गोल गर्ने अवसर सिर्जना ग¥यो तर सदूपयोग भने गर्न सकेन । जसका कारण खेल निर्णयका लागि टाइब्रेकरको सहारा लिनु परेको थियो ।

शनिबारको खेलमा मनाङ मस्र्याङ्दीका रुपेस केसी म्यान अफ दी म्याच घोषित भए ।