हिउँले गाेरखाका डाँडापाखा सेतै

शुक्रबार, माघ २१, २०७८
भच्चेक बजरमा रहेकाे हिउँ । तस्वीर बसन्त श्रेष्ठ

गाेरखा । माैसममा आएकाे वदलीसँगै जिल्लाकाे तल्लाे क्षेत्रसम्म हिमपात सुरु भएकाे छ । हिमपातका कारण डाँडापाखा सेतै भएका छन् । जिल्लाकाे सिरानचाेक गाउँपालिका स्थित मण्डली थान र तल्लाे क्षेत्रमा समेत हिमपात भएकाे छ ।

 

हिउँ परेसँगै खेतीपाती राम्राे हुने भन्दै किसानहरु खुशि भएका छन् । कतिपय नागरिकहरुकाे बास प्रकाेपका कारण त्रिपालमुनी रहेका कारण जीवन कष्टकर रहेकाे जगतबाट बल बहादुर गुरुङले बताए । सरकारले पूर्वतयारी गर्ने जनतालाइ सहयाेग गर्ने कार्य नगरेका कारण नागरिकहरु कष्टपूर्ण जीवनयापन गरिरहेकाे उनले बताए । महिला, सुत्केरी बालबालिकाहरुका लागि असहज भइरहेकाे उनकाे भनाइ छ ।

हिउँले चुमनुब्री गाउँपालिका ढपक्कै छाेपेकाे छ । अजिरकाेट र धार्चेगाउँपालिकाकाे अधिकाँश स्थान समेत ढाकेकाे छ । यसपटक सिरानचाेक गाउँपालिकामा समेत हिमपात भएकाे छ ।  तल्लाे क्षेत्रमा समेत हिमपात भएपछि मानिसहरु हिउँ खेल्न र हेर्नका लागि आउनेक्रम बढेकाे अजिरकाेटबाट सुक बहादुर गुरुङले बताए । हिजाे अस्ती बजार चकमन्न थियाे हिउँ पर्न थालेपछि मानिसहरुकाे आउजाउ बढेकाे उनले बताए ।