गोरखा । फागुन १ देखि धार्चे गाउँपालिकाकाे केन्द्र माछाखोलासम्म नियमित सञ्चालन हुने भएकाे छ । सेनाकाे नेतृत्वमा निर्माण भएकाे वेनिघाट लार्के सडकखण्ड अन्तर्गत आरुघाट देखि माछाखाेला सम्म बस सञ्चालन गर्न धार्चे गाउँपालिका र गोरखा दरौदी बस व्यवसायी कम्पनी सेवा प्रा लि वीच लिखित सम्झाैता भएकाे छ ।
धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ र व्यवसायी कम्पनीका अध्यक्ष नारायण खत्रीले सोती-माछीखोला सडक खण्डमा बस सेवा संचालनका लागि दुई पक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । द
दुइ पक्षवीचकाे सम्झाैता अनुसार दराैदी यातायातले दैनिक चारवटा बस सेवा सञ्चालन गर्ने जसमा सोती बजारदेखि माछाखोलासम्मको बसभाडा अर्को व्यवस्था नभएसम्मलाई प्रति यात्रु १ सय ५० रुपैयाँ कायम गर्ने सहमति भएकाे छ । एक किलाेमिटरकाे ११ रुपैयाँ पचास पैसा लिने सहमति भएकाे गाउँपालिका अध्यक्ष गुरुङ्गले जानकारी दिए ।
गाेरखा क्षेत्र नम्बर १ अन्तर्गत रहेकाे उक्त सडकमा नियमित बस सञ्चालन नहुँदा नागरिकहरु महँगाे शुल्क तिरेर नीजि सवारी साधन प्रयाेग गर्न बाध्य थिए । लार्के भञ्याङ जाने उक्त सडकमा हाल दाेभानसम्म सवारी साधनहरु आउजाउ गर्दछन् ।