शहिदलखन, गाेरखा । शहिदलखन गाउँपालिकाले गाउँपालिकाकाे लागो सार्वजानिक गरेको छ । दशौं हिउँदे सभाका अवसरमा शुक्रबार पालिकाले लोगो सार्वजानिक गरेको हो ।
शहिदलखन गाउँपालिका वडा नम्बर ७ काउले भंगारका राजकुमार आले लाेगाेका डिजाइनर हुन् । शहिद लखन थापा स्मृती दिवशका अवसरमा डिजाइनर आलेलाइ नगद रु ५० हजार सहित सम्मान गर्ने कार्यक्रम रहेकाे गाउँपालिकाले जनाएकाे छ । नगद सहित सम्मानको कार्यक्रम तय भएको गाउँपालिका अध्यक्ष रमेश थापाले जानकारी दिए। लाेगाेमा शहिदलखन गाउँपालिकाकाे चिनारी लखन थापाकाे तस्वीर, मनकामना मन्दिर, केवलकार, पालिका भित्र रहेका जमिन, खाेलानालाहरु रहेकाे छ ।