युवाहरुकाे सक्रितामा बन्याे सन्तानेश्वर महादेवकाे मन्दिर, मन्दिर परिसरमा छमछमी नाचे स्थानीय र भक्तजन

मङ्लबार, फाल्गुन १७, २०७८

राजेन्द्र न्याैपाने

शहिदलखन, बुङकाेट । भूकम्प जानू अघि २०७१ सालकाे शिवरात्री पर्वमा सन्तानेश्वर महादेव परिसरमा छमछमी नाचेका बुङ्काेटका बासु ढकाल भूकम्प गएकाे छ वर्ष पुग्नै लाग्दा २०७८ सालमा आज नाच्न पाउँदा अत्यन्तै खुशी देखिन्थ्ये । पञ्चैवाजाकाे टाेलीले गित गाउँदा हाेस् वा भजनमण्डलीले भजन गाउँदा हाेस् सन्तानेश्वर मन्दिर परिसरमा आयाेजित कार्यक्रममा धित पुग्ने गरी नाच्न पाएकाे भन्दै निक्कै खुशी देखिन्थ्ये ।

आफ्नै गाउँकाे आँगनीमा रहेकाे मन्दिरलाइ भूकम्पले खर्ल्यापखुर्लुप्पै बनाएर भत्काइदिएपछि याे मन्दिर बन्छ वा बन्दैन भनेर गाउँलेहरु अन्याैलमै रहेका थिए । मन्दिरका भग्नावशेष दुइ वर्षसम्म यत्रतत्र छरिएर रहे । जव राज्यमा २०७२ साल असाेज ३ गते सँविधान जारी भएर राज्य पुर्नसँरचना भइ स्थानीय तह निर्माण भयाे, त्यसपछि सन्तानेश्वर महादेव मन्दिरले पनि क्रमश उठ्ने माैका पायाे  ।

टाेल सुधार समूहका अध्यक्ष भक्त ढकाल मन्दिर राम्राे बनेकाेमा आफूलाइ आनन्द लागेकाे बताउँछन् । भक्तजनहरु सन्तानेश्वर महादेवकाे दर्शनका लागि टाढा देखि आउने गरेकाे उनी बताउँछन् । स्थानीय समाजसेवी नागरिकहरु, स्थानीय सरकार र प्रदेश सरकारकाे सहयाेगमा मन्दिरकाे पुर्नसँरचना भएकाे सन्तानेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उत्तर कुमार श्रेष्ठ बताउँछन् । सचेत बुँकाेटवासी नागरिकहरुकाे पहलमा याे निर्माण सम्भव  भएकाे हाे, सहयाेग गर्ने सबै सहयाेगीलाइ हामी बुँकाेटका नागरिकहरु धन्यवाद प्रदान गर्दछाैँ श्रेष्ठले भने ।

सन्तानेश्वर मन्दिर प्राङ्गणमा आयाेजित कार्यक्रमलाइ सफल बनाउन प्रमुख अतिथि शहिदलखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरलाइ निम्त्याइएकाे थियाे । पालिका अध्यक्ष थापाले धार्मिक र साँस्कृतिक महत्वका सम्पतिहरुकाे सँरक्षण र सम्वर्दन गर्ने गाउँपालिकाकाे निति रहेकाे बताए । सन्तानेश्वर महादेवकाे मन्दिर परिसर क्षेत्रलाइ पर्यटकिय गन्तव्यकाे रुपमा विकास गर्न गाउँपालिकाले सहयाेग गर्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले बुङ्काेटका नागरिकहरु विकासका लागि एकजुट भएर अघि बढेकाे देख्दा आफू गाैरान्वित भएकाे बताइन ।

वडा नम्बर ८ का वडा अध्यक्ष काशीनाथ अम्गाइले सन्तानेश्वर मन्दिरकाे पुर्ननिर्माणका लागि सघाउने सबैलाइ धन्यवाद दिदैँ वडाबाट गर्नुपर्ने सम्पूर्ण सहयाेग आफूले गर्ने बताए ।

वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले युवाहरुले चाहे भने सबै कुरा सम्भव छ भन्ने कुरा सन्तानेश्वर मन्दिर निर्माणकाे काम हेरेर  भन्न सकिने बताए । बुङ्काेट क्षेत्र एेतिहासिक महत्व वाेकेकाे क्षेत्र भएकाले यहाँ विकासकाे अथाह सम्भावना रहेकाे उनकाे भनाइ छ ।

गाउँकार्यपालिका सदस्य सकुन थापा मगरले वडा नम्बर ८ र ७ का नागरिकहरु विकासका लागि मिलेर काम गर्दा अन्य वडाहरुलाइ समेत सिकाे गर्न सजिलाे हुने गरेकाे बताइन । सन्तानेश्वर मन्दिर क्षेत्र धार्मिक क्षेत्र रहेकाे बताइन । यहाँ रहेकाे खाली जग्गामा पिकनिक स्पाेट बनाएर यस क्षेत्रकाे विकास गर्न आफूले सकेकाे सहयाेग गर्ने उनकाे भनाइ छ ।

सन्तानेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उत्तर कुमार श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा समितिका सचिव अमृत श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । समितिका काेषाध्यक्ष बासु ढकाल, टाेल समूहका अध्यक्षहरुबाट भक्त ढकाल, सामुदायिक विद्यालयहरुकाे प्रतिनिधित्व गर्दै रामेश्वरी मा‍.‍वि. का प्रधानाध्यापक जीवन अँगाइ, लगायतले महाशिवरात्री पर्वकाे अवसरमा शुभकामना मन्तव्य प्रदान गरेका थिए ।

कार्यक्रमलाइ सफल बनाउन शिवशक्ति भजन समूह, कृषि तथा उद्यमशिल महिला समूह, राधाकृष्ण भजन समूह,छापथाेक निगरानी महिला समूह, पाेखरी डाँडा भजन समूह, पञ्चैवाजा समूहकाे साँगितिक प्रस्तुति रहेकाे थियाे । कार्यक्रम नव इन्द्रेणी बुँकाेट युवा क्लवका अध्यक्ष राजेश श्रेष्ठले सञ्चालन सहजिकरण गरेका थिए  ।

मन्दिर निर्माणका लागि युवाहरुलाई शहिदलखन गाउँपालिका र गण्डकी प्रदेश स्थित पर्यटन मन्त्रालयले समेत सहयाेग गरेकाे थियाे । युवाहरुकाे सक्रितामा  सन्तानेश्वर महादेवकाे मन्दिर बनेपछि यहाँका स्थानीय नागरिकहरु र मन्दिरमा पूजा भर्न आएका भक्तजनहरु छमछमी नाचेका छन् । यस मन्दिर क्षेत्रकाे अझै विकास हुने भक्तजनहरुकाे अपेक्षा रहेकाे छ ।