Breaking News

नेपाल पत्रकार महासँघ गाेरखा शाखा भवन,गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा शिलान्यास

By मनासलु

March 21, 2022

गाेरखा । नेपाल पत्रकार महासँघ गाेरखा शाखा भवनकाे गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज शिलान्यास गरेका छन् । गण्डकी प्रदेश सरकारले भवन निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियाेजन गरेकाे नेपाल पत्रकार महासँघ गण्डकी प्रदेशका महासचिव गाेविन्द सुवेदीले जानकारी दिए ।

नेपाल पत्रकार महासँघ गाेरखा शाखा भवनकाे नक्सा डिजाइन

भवन उद्घाटन कार्यक्रममा बाेल्दै मुख्यमन्त्री नेपालीले प्रदेश भित्र रहेका ११ वटै जिल्लाका भवन निर्माण र सँरक्षणकाे दायित्व प्रदेश सरकारकाे भएकाले स्राेत साधनले धानेसम्म पत्रकार महासँघलाइ सहयाेग गर्ने बताए । सरकारले गरेका राम्रा र नराम्रा दुवै कामहरुकाे बारेमा लेख्न पत्रकार सँधै स्वतन्त्र रहने उनले बताए । महासँघकाे भवन निर्माणकाे काम निरन्तर अघि बढाउन समेत उनले आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासँघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, गाेरखा नगरपालिका प्रमुख राजनराज पन्त, सामुदायिक रेडियाे प्रसारक सँघका महासचिव किशाेरजँग थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महासँघले खरिद गरेकाे र दानबाट प्राप्त गाेरखा नगरपालिका वडा नम्बर ८ स्थित समी चाैतारा परिसरमा भवन शिलान्यास भएकाे हाे । कार्यक्रम महासँघ गाेरखा शाखा अध्यक्ष नरहरी सापकाेटाकाे अध्यक्षतामा भएकाे थियाे ।