Breaking News

सहिदलखन १ मा सिद्ध लखन थापा भ्युटावरकाे उद्घाटन

By मनासलु

March 21, 2022

गाेरखा । सहिद लखन गाउँपालिका वडा नम्बर १ स्थित बक्रेश्वरी थानडाडामा गण्डकी प्रदेश पर्यटन मन्त्रालय अन्तर्गत एक गाउँपालिका एक पर्यटन गन्तव्य स्थल निर्माण गरिने नीति अनुसार सहिद लखन  गाउँपालिका बक्रेश्वरी थान डाडामा भ्यू टावर निर्माण, निर्मित सिद्ध लखन भ्यू टावर को निर्माण सम्पन्न भइ आज उद्घाटन भएकाे छ ।

टावरकाे आज गाेरखा निर्वाचन क्षेत्र नम्बर १ (क) का साँसद एवम् पूर्व मन्त्री लेख बहादुर थापा मगरले उद्घाटन गरेका हुन् ।

समिति द्वारा सार्वजनिक सुनुवाई तथा प्रदेश सांसद लेख ब.थापा द्वारा भवन समुद्घाटन कार्यक्रम सम्पन्न,निर्माण समितिका अध्यक्ष कृष्ण थापाको अध्यक्षता, सचिव दिनार श्रेष्ठको संचालन, टुकुमाया क्षेत्रीको स्वागत मन्तव्य, चल माया रानाद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत, शुभकामना मन्तव्यमा दिनेश जोशी, कृष्ण श्रेष्ठ, चेत ब.थापा, खुन प्र.रेग्मी गा.पा.अध्यक्ष रमेश बाबू थापा मगर र प्रमुख अतिथि लेख ब.थापा मगरले राखेका थिए  ।