बहाँकाेटमा दिलबहादुर रम्तेल स्मृति कप प्रतियाेगिता हुने

बुधबार, चैत्र ९, २०७८

गाेरखा । बारपाक सुलीकोट गाउँपालिका स्थित मनासलु युवा क्लव बहाँकाेटकाे व्यवस्थापनमा तेस्रो दिलबहादुर रम्तेल स्मृति कप खुल्ला महिला, पुरुष भलिबल प्रतियोगिता आयोजना गरेकाे छ । चैत १२ गतेदेखि १५ गतेसम्म ताकुकोटको खेलमैदानमा सो प्रतियोगिता गर्न लागिएको बारपाकसुलिकाेट गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण बहादुर गुरुङले जानकारी दिए ।

प्रतियाेगितामा भाग लिनका लागि चैत ११ गतेसम्म टिम दर्ता गर्न सक्ने व्यवस्था रहेकाे छ । प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम हुनेले रु एकलाख नगद, ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय हुनेले रु ७० हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई रु ४० हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र र चौथो हुनेलाई रु १५ हजार नगद, ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको गुरुङले बताए ।

दाैड तर्फ पाँच किलोमिटर दौड प्रतियोगिताको पनि आयोजना गरिएको छ । दौडमा प्रथम हुनेलाई आठहजार नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ६ हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो हुनेलाई ४ हजार नगद, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने गुरुङले जानकारी दिए ।

प्रतियाेगिताकाे नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्ने बारपाक सुलिकाेट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले जानकारी दिए ।

चैत १२ गते बारपाक सुलिकाेट गाउँपालिकाकाे प्रशासकीय भवन उद्घाटनका लागि प्रचण्ड गाेरखा आउने कार्यक्रम रहेकाे छ ।