गाेरखा । नेपाली कांग्रेस गोरखाले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएकाे बताएकाे छ । उम्मेदवार मनाेनय गर्ने बेला सम्म अझे केही साटफेर हुन सक्ने नेताहरुले बताएका छन् । अन्य पार्टीले कस्ताे उम्मेदवार प्रस्तुत गर्छन काँग्रेसले साेही अनुसार रणनीति कायम गर्ने नेताहरुकाे भनाइ छ ।
अजिरकोट गाउँपालिका अध्यक्षमा गोबिन्द गुरुङ, उपाध्यक्ष इन्द्र गुरुङ उम्मेदवार बनेका छन् । सिरानचोक गाउँपालिकामा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, उपाध्यक्ष रिता देवकोटालाई उम्मेदवार छनाैट गरेकाे छ ।
गण्डकी गाउँपालिकामा अध्यक्ष होमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारी रहेका छन् । उनीहरु यस अघिका पनि जनप्रतिनिधि हुन् ।
भिमसेन थापा गाउँपालिका अध्यक्षमा रोसन गुरुङ, उपाध्यक्ष अमृता वस्तीलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । आरुघाट गाउँपालिका अध्यक्षमा राजु गुरुङ, उपाध्यक्ष कल्पना नेपाली रहेका छन् ।
धार्चे गाउँपालिकामा अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फुलमाया गुरुङ उम्मेदवार बन्ने भएका छन् । चुमनुब्री गाउँपालिका अध्यक्षमा कांग्रेसबाट धनबहादुर गुरुङ रहेका छन् ।
बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा जितबहादुर घले र उपाध्यक्षमा जानुका सापकोटा उम्मेदवार बनेका छन् । यस्तै शहीदलखन गाउँपालिका अध्यक्षमा पुरानै उम्मेदवार दाेहाेरिने भएका छन् । गोरखा नगरपालिका मेयरमा राजनराज पन्त र उपमेयरमा मसलीमाया तामाङ रहेका छन् । र पालुङटार नगरप्रमुखमा दिपक बाबु कँडेल र उप प्रमुखमा चेत कुमारी श्रेष्ठ रहेकी छन् ।
गाेरखा नगरपालिका र पालुङटार नगरपालिकामा उम्मेदवार हेरफेर हुन सक्ने काँग्रेस स्राेतले जानकारी दिएकाे छ । धेरै आकाँक्षि रहेका कारण मिलाउने क्रम जारी रहेकाे प्रदेश कार्यालयबाट जानकारी प्राप्त भएकाे छ ।