गाेरखामा गठबन्धन दलहरु वीचकाे सम्बन्धन टुट्याे, दलहरु एक्लाएक्लै चुनावमा जाने

शुक्रबार, बैशाख ९, २०७९

गाेरखा । जिल्लामा रहेका चार राजनैतिक दलहरुकाे आज साँझ बसेकाे बैठक विना निष्कर्ष सकिएकाे छ । काँग्रेसले ११ वटै स्थानीय तहमा विययी हुने मनासयका साथ कार्यकर्ताहरुलाइ गाउँमा निर्वाचन प्रचारमा खटाएर अन्य पार्टीका नेताहरुलाइ गठबन्धनकाे चुनावी तालमेलका नाममा सदरमुकाममा भुलाउँदै आएकाे छ । उसले सुरुमै एकले अर्कालाइ गाली नगर्ने सहमति गराएकाे थियाे । काँग्रेस विजयी भएका अधिकाँश स्थानमा विवादीत कामहरु हुँदै आएका थिए भने अख्तियारमा उजुरीका चाङ छन् । यी सबै पक्ष बुझेका राजनितिका कुशल खेलाडी काँग्रेस सभापति नन्द प्रसाद न्याैपानेले गठबन्धनका नाममा काँग्रेसका गलत कामका बारेमा प्रचार राेक्न सके ।

काँग्रेस बाहेकका गठबन्धनका दलहरुले कुन पालिका र वडामा कसलाइ उम्मेदवार बनाउने भन्ने समेत टुँगाे लगाउन सकेका छैनन् । मनाेनन गर्न ७२ घण्टा बाँकी रहँदा सम्म दलहरु सहमतिकाे नाममा विना निष्कर्षका छलफलमा जुटिरहेका छन् । मनाेनयन गर्ने समय सम्म छलफल चलिरहने बैठकमा सहभागि एक नेताले जानकारी दिएका छन् ।

गठबन्धन बाहिरका दलहरुसँग सहकार्य नगरेकाे खण्डमा नेकपा एस बाहेक बाँकी काँग्रेस माओवादी केन्द्र र जसपा एक्लाएक्लै चुनावी मैदानमा उत्रेपनि आफ्ना पठड भएका पालिकाहरुमा विजयी हासिल गर्ने पक्षमा रहेका छन् । जसपाले पालुङ्टार र सिरानचाेक दावी गरेकाे छ ।

माओवादी केन्द्रकाे साङ्गठनिक स्थिति धार्चे , चुमनुब्री, अजिरकाेट, सिरानचाेक, पालुङ्टार, वारपाक सुलिकाेट, भीमसेन, शहिदलखन, गण्डकी र गाेरखा नगरपालिकामा मजबुद रहेकाले एक्लै चुनावमा गए पनि विजयी हुनेमा नेता कार्यकर्ताहरु ढुक्क छन् । अर्काे तिर नाै वटा पालिका २०७४ मा जितेकाे काँग्रेसले बारपाक सुलिकाेट र शहिदलखनमा पनि जीत हासिल गर्न सके ११ वटै स्थानीय तहमा रेकर्ड राख्ने पक्षमा रहेका छ । दलहरु छलफलमा बसेपनि टस्काेमस्काे भएका छैनन् । काँग्रेसका नेताहरु यतिबेला जिल्ला सदरमुकाममा केन्द्री हुन थालेका छन् ।

माओवादीले विजयी हासिल गरेका पालिकाहरुमा राम्राे काम भएकाले सँघीयताकाे मर्म र जनताका समस्या उनीहरुले बुझ्ने सबै खाले विचार र सबै जनसँख्याकाे समावेशी विकास गर्ने भएकाले नागरिक स्तरमा माओवादी प्रति पछिल्लाे समय एक्लै चुनाव लडेर विजयी हुन सुझाव दिनेहरुकाे लर्काे समेत लामै छ ।

गठबन्धन दलहरुकाे सहमति नहुँदा मनाेनयनका लागि कम्तिमा पनि दुइ दिन अघि निर्वाचन केन्द्र पुग्नु पर्ने चुमनुब्रीका राजनैतिक नेता तथा कार्यकर्ताहरु अन्याैलमा परेका छन् । साम्दाे र छेकम्पारबाट सिर्दिवास आउन दुइ दिन लाग्छ, दलहरुले अहिले सम्म कुनै निर्णय लिन सकेनन् हामी अन्याैलमा छाैँ भन्छन् सिर्दिवासबाट माओवादी नेता वीरबल घले ।

काँग्रेसका नेता कार्यकर्ताहरुले मा‌‍‌‍‌‌‌ओवादी नेताहरुलाइ इमान्दार पूर्वक मत दिनेमा शँका रहेका कारण पनि गठबन्धन गर्नु भन्दा एक्लाएक्लै स्वस्थ प्रतिष्पर्धामा जान कतिपयले सुझाव दिएका छन् भने काँग्रेसलाइ एमालले सरेन्डर मत दिएर विययी गराउन सक्ने सम्भावना समेत रहेकाे छ । काँग्रेसका जनप्रतिनिधिहरुले राम्रा काम गर्न नसकेकाे, सबै जनसँख्यालाइ समान व्यवहार नगरेका, राज्यकाे अनुदानलाइ उत्पादनमा भन्दा पनि सिधै कार्यकर्ताकाे खल्तीमा जाने व्यवस्था गरेका कारण यसपटक काँग्रेस एक्लै चुनावी मैदानमा उत्रन फलामकाे चिउरा खाए जस्तै अवस्था छ ।

एमालेले एक्लै कुनै पनि पालिकामा विजयी हुन नसक्ने अवस्था भएपछि उसले माओवादी र नेकपा एसलाइ मुख्य दुस्मन मानी काँग्रेसलाइ मत सरेन्डर गर्न सक्ने खतरा नटरेकाे जिल्लाका एक कानुन व्यावसायी बताउँछन् । गाेप्य मत जसले जसलाइ पनि दिन पाउने भएकाले एमालेले दुइ तिहाइकाे सरकार हटाउन लागि पर्ने आफ्नै सहगाेत्रीयहरुकाे विजयी हेर्न नचाहेकाे उनले बताए ।

एमालेकाे सरेण्डर मत पाउने आसमा समेत रहेकाे काँग्रेसले अन्य दलहरुलाइ मनाेनयनका अन्तिम समयसम्म सदरमुकाम क्षेत्रमा रुमल्याउने रणनीति लिएकाे कतिपयकाे बुझाइ रहेकाे छ ।

आजकाे छलफलमा काँग्रेस नेता नन्द प्रसाद न्याेपाने,माओवादी नेता लेख बहादुर थापा, जसपाका नेता यान प्रसाद भट्ट र नेकपा एसका नेता यादव बस्नेत सहभागि थिए ।

यस अघि काँग्रेस ६, नेकापा माओवादी केन्द्र ४ र जसपा १ पालिकामा सहमति भएकाे भनि प्रचार समेत भएकाे थियाे ।

दलहरुकाे अवस्था हेर्दा यिनिहरु वीच गाेरखामा कुनै गठबन्धन हुँदैन, एक्लाएक्लै चुनावी मैदानमा उत्रन्छन् । राजनीतिमा चुनावी गठबन्धन हुन राज्यका लागि र असल नेताका लागि राम्राे पक्ष भने नभएकाे राजनैतिक विश्लेषकहरुकाे भनाइ छ । गठबन्धन दल भित्रका राजनैतिक पार्टीहरु शनिबार समेत पुन : छलफलमा जुट्ने गरी आजका लागि छुटेका छन् ।