काँग्रेसले राेज्ने जसपा कि ! माओवादी ?

शनिबार, बैशाख १०, २०७९

गाेरखा ।  चैत्र २० गते बनेकाे चारदलिय गठबन्धन वीचकाे निर्वाचन तालमेल र सहकार्य आज विहानकाे बैठकबाट टरेकाे छ । राजनैतिक पार्टीका ठूला शक्तिहरु गठबन्धन वीच हुने भागबण्डालाइ महत्व नदिएर आफ्नाे चुनावी अभियानमा लागिरहेका छन् भने साना शक्तिहरु तैपनि भाग पाइन्छ की भनेर बैठकमा निक्के तामझामका साथ सामेल भए ।

स्थानीय तह निर्माण पछि अवसरका लागि बाहेक अन्य समयमा जिल्लामा नदेखिएका पार्टीहरु पनि निर्वाचनका समय सबै पालिका र वडा आफैले जित्ने मनाेवैज्ञानिक गणितिय हिसाव गरिरहेका छन् । जिल्लाका चाेकमा रहेका चिया पसल हाेस् या मिठाइ दाेकानमा हाेस् उनीहरु आफ्नाे पार्टीले गाेरखाका ११ वटै पालिकामा जित हासिल गर्ने बताइरहेका छन् । गाेरखाकाे भूगाेल र यहाँकाे राजनैतिक जनजिवन बारे कमै जानकारी भएका नागरिकहरुले सबै पार्टीका तर्कहरुलाइ पत्याइदिनुकाे विकल्प छैन ।

यतिबेला गाेरखा जिल्ला सदरमुकाममा नेपाली काँग्रेस,माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय परिसरमा पालिकाबाट आएका उम्मेदवारका प्रत्यासीहरुकाे जमघट हुन थालेकाे छ । आइतबार र साेमबार हुने मनाेनयन दर्ताका लागि पार्टी भित्र कसले टिकट पाउने हाे आफूले र आफ्नाे मान्छेले पाउँछ पाउँदैन भन्ने अन्याैलमा पालिकाका नेता कार्यकर्ताहरु रहेका छन् ।

नयाँ खुलेका पार्टीहरुलाइ टिकट दिने मान्छे पाउन कठिन भएपनि समानान्तर रहेका यहाँका काँग्रेस, माओवादी र एमाले भित्र भने कसले टिकट पाउने भन्ने अन्याैल नै रहेकाे छ । कुन पार्टीले कससँग एकता गर्छ भन्नेमा पनि नेता कार्यकर्ताहरु ढुक्क हुन सकेका छैनन् । एमाले गाेरखा पर्ख र हेरकाे अवस्थामा रहेकाे छ । आफ्नाे साइज बढेकाे बताउने उक्त पार्टी सहकार्यका लागि आफू कसैसँग नजाने अडान लिएकाे छ । गठबन्धन भित्रका दलहरुलाइ एमालेसँग एकता गरेर चुनावमा जान केन्द्रले बन्देज गरेकाे छ ।

गाेरखामा एक्लाएक्लै चुनावमा जाँदा काँग्रेसलाइ माओवादीकाे डर माओवादीलाइ काँग्रेसकाे डर कायमै छ । गठबन्धन बनाएर जाँदा पनि गठबन्धन भएकाे स्थानमा पार्टीकाे सँगठन समेत कमजाेर हुने भएकाले आफूले धेरै पालिका र वडा पाउने गरी सहकार्य गर्न दुवै पार्टी तयार छन्  । यस अघि जसपालाइ काँग्रेसले सघाएर सँघीय र प्रदेश साँसदमा पुर्याएकाले जसपाले काँग्रेसलाइ सहयाेग गर्नुपर्ने काँग्रेस नेताहरुकाे अडान छ । जसपाले पनि आफ्नाे साइज माओवादी समान रहेकाले कमजाेर अन्दाज नगर्न काँग्रेसलाइ सुझाएकाे छ ।

कसैसँग पनि नमिले कम्युनिष्ट घटकहरु मिले भने काँग्रेस गाेरखाका स्थानीय तहमा क्लिन स्वीप हुने खतरा टरेकाे छैन ।  काँग्रेसलाइ एक्लै चुनावमा जाने  निर्णय असहज भएकाे छ । गठबन्धन दल भित्र  मिलाएर लैजादा हिजाे जितेका पालिकाहरु आधा भन्दा धेरै छाेड्नु पर्ने अवस्थामा काँग्रेस कार्यकर्ताहरुले विद्राेह गर्न सक्ने र पार्टी नेतृत्व विरुद्ध कार्यकर्ता जाइलाग्ने खतरा अर्काे तिर छ ।

स्वस्थ प्रतिष्पर्धाका लागि काँग्रेस एक्लै चुनावमा जान चाहेकाे छैन । काँग्रेसका जनप्रतिनिधिहरुले गरेका कामका कारण आजित मतदाताहरु गाेरखामा काँग्रेसकाे विकल्प खाेजिरहेका छन् । लामाे सँघर्ष पछि व्यवस्था परिवर्तन गरेकाे माओवादी जनताकाे जीवनस्तर माथि उठाउन र गाेरखा जिल्लाकाे विकास नमुना गतिमा अघि बढाउन आफूले सबै पालिकामा नेतृत्व लिनपर्ने निष्कर्षमा पुगेकाे छ ।

गाेरखा लगायत देशैभरी मा‌‍ओवादीले नेतृत्व गरेका पालिकाहरुमा राम्रा काम भएका कारण मतदाताहरु मा‌ओवादी प्रति विश्वस्त रहेका छन् । सबै नागरिकहरुकाे हितका लागि याेजना बनाउने हुनाले आफू निकटका भन्दा पनि आम नागरिकहरुका पक्षमा उनीहरु अझैसम्म निडरताका साथ उभिएका छन् ।

काँग्रेसले आफ्नाे हितका लागि काे सँग सहकार्य गर्छ आम नागरिकहरुले चासाेका साथ हेरिरहेका छन् । जसपासँग सहकार्य गरेर उसले मागे जसरी तीनवटा पालिका दिन काँग्रेसका कार्यकर्ताहरु सहमत छैनन्  । सँसदीय निर्वाचनमा बाबुराम भट्टराइलाइ  मत दिएका काँग्रेसका नेता कार्यकर्ताहरुका विरुद्ध डाक्टर भट्टराइ पछिल्लाे समय काँग्रेसलाइ म्युजियममा राख्नुपर्ने भन्दै अभिव्यक्ति दिने गरेका थिए ।

जसपासँग एकता गर्दा आफ्नाे पार्टीकाे भन्दा दुइ गुणा धेरै पार्टी सदस्य रहेकाे माओवादीलाइ बाहिर राखेर काम गर्न काँग्रेसलाइ सजिलाे छैन । माओवादीसँग मात्रै एकता गर्दा पनि उसकाे हैसियत अनुसारका पालिका र वडा दिने पक्षमा काँग्रेस छैन । एकता गर्ने तर मतदाता सँख्याका आधारमा स्थानीय तह बाँडफाँडमा एक्लै हत्याउने पक्षमा काँग्रेस रहेका कारण काँग्रेसकाे एकता जसपासँग हाे याे मा‌ओवादीसँग हाे अन्याैल कायमै छ । काँग्रेस एक्लै चुनावमा जाँदा २०७४ सालमा ९ पालिकामा विजयी भएकाेमा यसपटक केही वडा बाहेक पालिकामा क्लीन स्वीप हुने खतरा भने टरेकाे छैन । उसका पालिका स्तरका नेता कार्यकर्ताहरु भने एक्लै चुनावमा जान नेतृत्वलाइ दवाव दिइरहेका छन् ।

अन्य पार्टीहरु राजनैतिक घर दैलाे अभियानमा लागिरहेका समयमा ठूला भनिएका काँग्रेस मा‌ओवादी भने मनाेनयन गर्ने अघिल्लाे दिन सम्म पनि रानाे हराएका माैरी झैँ पार्टि कार्यालय वरीपरी झुण्ड बनाएर बसिरहेका छन् । यसले बम्पर खाेजिरहेका अन्य पार्टीहरुलाइ थप बल पुगेकाे छ ।