
बैशाख १०, गोरखा । जिल्ला स्थित एन्फा अध्यक्ष दिपेन्द्र श्रेष्ठ अध्यक्ष पदमा आफू पुन नदाेहाेरिने सम्भावना देखेपछि अन्तिम अवस्थामा उकलाैटी ढँगले अधिवेशन स्थगित गरेका छन् । एन्फा गाेरखा आर्थिक हिसाव बुझाउन नसकेर लुकि हिडेका अध्यक्ष श्रेष्ठकाे पक्षमा अल्पमत रहेपछि अधिवेशन धेकेल्दै आएका बहुमत क्लवका सदस्यहरुले बताएका छन् ।
सबै तयारी भएकाे थियाे तर अधिवेशन स्थगित भएकाे कुरा कार्यक्रम हलमा आएपछि थाहा भयाे मताधिकार प्राप्त क्लवका प्रतिनिधि अमित खत्रीले भने । एन्फा गाेरखामा ११ क्लब आबद्ध छन् । त्यसमध्ये प्रत्येक क्लबका १ जनाका दरले मताधिकार प्रतिनिधी रहनेछन् ।
श्रेष्ठले ४ बर्षे कार्यकालमा फुटवल विकासका काम गर्न नसकेको र आर्थिक रुपमा पनि प्रष्ट ब्यबहार नभएको मताधिकार प्रतिनिधि विशाल गुरुङ, विकास तामाङ, दिपक गुरुङ, उपेन्द्र कुमार मल्ल, अमित खत्री र क्षितिज गुरुङले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।
एन्फाले बैशाख १० गतेसम्म जिल्ला निर्वाचन सक्ने कार्यतालिका बनाएको थियो । तर अन्तिम दिन तय गरिएको अधिबेसन पनि अध्यक्षको गैरजिम्मेवार ब्यबहारले स्थगित भएको संघका सचिव अमित खत्रीले बताए । संघका जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठले भने आन्तरिक तयारी नपुगेकाले अधिबेसन स्थगीत गरेको जानकारी दिनुभयो । तयारी पूरा गरी बैशाख १५ भित्रै जिल्ला अधिबेसन सम्पन्न गर्ने उनकाे भनाइ रहेकाे छ ।