वनिताश्री सम्मान सामाजिक अभियन्ता रिता परियारले पाइ

शनिबार, बैशाख १७, २०७९
बैशाख १७, गाेरखा ।  सामाजिक अभियन्ता  रिता परियार वनिताश्री सम्मान २०७९ द्वारा सम्मानित भएकी छन । साहित्य कला र सस्कृतिमा समर्पित वनिता त्रैमासिकले आज काठमाण्डौमा एक कार्यक्रमका वीच जातिय विभेद विरुद्धको पुर्व मेची देखि पश्चिम महाकाली सम्मको पदयात्रा गरेर समाजलाइ सकारात्मक सन्देश प्रवाह गर्दै उनको साहित्य संचार र कलाप्रेम मार्फत समाजको लागि एक उदाहरणीय पात्र भएको भन्दै परियारलाइ सम्मान गरेको हो ।
वरिष्ठ साहित्यकार बैरागी काइलाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पुर्वमन्त्री एव समाजसेवी भद्र कुमारी घले लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।