Breaking News

वडा अध्यक्षमा पहिलाे पटक महिला निर्वाचित

By मनासलु

May 15, 2022

गाेरखा । गोरखाको शहिद लखन गाउँपालिकामा पहिलो पटक वडाध्यक्षमा महिला निर्वाचित भएकी छिन्। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार गाउँपालिकाको वडा नं. २ को वडाध्यक्षमा सकुन थापा निर्वाचित भएकी हुन्।

भर्खरै निर्वाचित उनी गाेरखा जिल्लाकाे इतिहासमा वडाध्यक्षमा निर्वाचित हुने पहिलो महिला बनेकी छिन्। उनले वडाध्यक्षमा ५७२ मत पाएकी छिन्। उनका निकटम प्रतिद्वन्द्वी पूर्व वडाध्यक्ष समेत रहेका एमाले उम्मेद्वार अचल बाबु थापाले ४५३ मत पाएका थिए ।

उक्त वडामा माओवादी केन्द्रले पूरै प्यानल जितेको छ ।

हेर्नुस् यस्तो छ मत परिणाम