Breaking News

चुमनुब्री वडा नम्बर ३ सिर्दिवासमा माओवादी केन्द्रका गुरुङ विजयी

By मनासलु

May 19, 2022

गाेरखा । जिल्लाकाे चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिवासमा माओवादी केन्द्रका उम्मेदवार रामकुमार गुरुङ ९८१ मत ल्याएर विजयी भएका छन्  । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसबाट उम्मेदवार रहेका उत्तम गुरुङले ३८१ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका चन्द्र बहादुर गुरुङले ४० मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट अध्यक्ष सहित पाँचवटै पदमा निर्वाचित भएका हुन् ।