अपराध/ दुर्घटना

लुम्बिनि गएकाे गाेरखाकाे बस दाउन्नेमा दुर्घटना हुँदा ३० जना घाइते

By मनासलु

May 22, 2022

पूर्व पश्चिम राजमार्गको बर्दघाट–४ खुर्साने खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाईते भएका छ्न । गाेरखाबाटआमा समुहको टोलि लिएर गोरखाबाट लुम्बिनी गएर फर्कने क्रममा बस दुर्घटना हुँदा ३० जना घाइते भएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको चिसापानी अस्पताल बर्दघाटमा उपचार भैइरहेको छ । घाईते सबै गोरखाको धुवाँकोटका रहेका छन् ।