गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष निमा लामाले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । जिल्ला न्यायधिस दिनबन्धु बरालले आज एक कार्यक्रमका बिच नवनिर्वाचित अध्यक्ष लामालाई सपथ ग्रहण गराएका हुन् ।
उत्तरी गोरखाको चिन सिमानामा पर्ने चुमनुव्री गाउँपालिकामा मत गणना ढिलो गरी सम्पन्न भएकाे र मत गणना सकेर जिल्ला सदरमुकाम आउन ४ दिन लागेका अध्यक्ष लामाले आज मात्र सपथ लिएका हुन् ।
गोरखा जिल्लाका अन्य ८ पालिका अध्यक्ष र २ नगरपालिकाका मेयरले भने यस अघि शुक्रबार नै पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।