गाेरखा । जिल्ला समन्वय समिति गाेरखामा माओवादी केन्द्रकाे एकल बहुमत भएकाे छ । जिल्ला भित्रका ११ वटा पालिका मध्ये ९ पालिकामा विजय हासिल गरेकाे माओवादीमा १५ मत रहेकाे छ । जिसस प्रमुख लगायतकाे समिति गठनका लागि कूल मतसँख्या २२ रहेकाे छ । नेपाली काँग्रेससँग ७ मत रहेकाे छ ।
कसलाइ प्रमुख बनाउने भन्ने विषयमा माओवादीमा एकिन हुन सकेकाे छैन । जिसस गठनका विषयमा छलफलका लागि जेठ २२ गतेलाइ बैठक बाेलाइएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ ।
संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन भएको एक महिनामा जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन भइसक्नुपर्छ।