अपराध/ दुर्घटना

करेन्ट लागेर युवककाे मृत्यु

By मनासलु

June 20, 2022

गोरखा, ६ असार ।  करेन्ट लागेर गाेरखामा एक युवकको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–५, जरेवरमा करेन्ट लागेर नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रमा कार्यरत प्राबिधिक रामकुमार लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी केदार खनालले जानकारी दिए ।

हुकिङ गरी चोरी गरिएको बिद्युत लाइन छुटाउन पोलमा चढ्दै गर्दा लिम्बुलाई एक्कासी करेन्ट लागेको नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले बताए । ताप्लेजुङ स्थायी घर भएका लिम्बुलाई करेन्ट लागेपछि भुई खसेको उनको भनाई छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका लिम्बुलाइ उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रमुख न्यौपानले बताए । मृृतक लिम्बु प्राधिकरण गोरखा बितरण केन्द्रमा ज्यालादारी प्राबिधिकको रुपमा कार्यरत थिए । मृतकको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।